लोकसंवाद संवाददाता | समाचार | फागुन १२, २०७८
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ दुई नेताबीच भेटवार्ता भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।
एमसीसीलाई लिएर जसपामा विवाद देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले एमसीसीको समर्थन गरेको छैन भने बाबुराम भट्टराई एमसीसीको पक्षमा रहेका छन् ।
उनी गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छन् ।
प्रतिनिधि सभाको बैठक स्थगित भएसँगै प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । उनले आजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।