लोकसंवाद संवाददाता | समाचार | फागुन १८, २०७८
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ ।
नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् ।
एमसीसी संशोधनबिना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो ।