लोकसंवाद संवाददाता | कारोबार | फागुन १८, २०७८
सुनको भाउ बुधबार प्रतितोलामा १ हजार ९०० रुपैयाँको दरले बढेर १ लाख रुपैयाँ नजिक पुगेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३७५ रुपैयाँ निर्धारण भएको छ ।