एजेन्सी | विदेश | फागुन १९, २०७८
अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई साे आह्वान गरेको हो ।
विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर ‘मिडिया स्वतन्त्रता र सत्यमा पूर्ण आक्रमण’ गरेको आरोप पनि लगाएको छ ।
रुसको ट्वीटर, फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि छुरी धसेको समेत अमेरिकाले आरोप लगाएको छ । रुसी सेनाले युक्रेनको एउटा शहरलाई कब्जा गरेको र दर्जनौँको मृत्यु भएको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले विज्ञप्ति जारी गरेको हो ।