लोकसंवाद संवाददाता | समाचार | फागुन २०, २०७८
काठमाडौँ ।ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन १ हजार ६४३ जना सवारी चालकमाथि कारबाही गरेको छ ।
बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ५८ जना, र रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ४८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारबाही गरिएको महाशाखाले जनाएको छ ।