लोकसंवाद संवाददाता | कारोबार | फागुन २३, २०७८
काठमाडौँ । नेपालभर डिटिएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले हात्तिगौडा, बुढानिलकण्ठमा पनि सह–वितरण स्वरुमको शुभारम्भ गरेको छ ।
फागुन २२ गते देखी डिशहोम फाइब नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो स्वरुमको सि एम ट्रडिङ्ग अन्र्रगत रहेको लक्की ग्यालरीले सञ्चालन गर्नेछ ।
स्वरुम समुद्घाटनमा डिशहोमका तर्फबाट क्षेत्रीय बिक्री प्रबन्धक उज्ज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा , सागर नारायण जोशी, र्माेकेटिङ्ग अफिसर अनिल ठाकुर र सी एम ट्रडिङ्गका तर्फबाट गोपाल मान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र विक्रम लामाका उपस्थितिमा सम्पन्न भएको थियो।
लक्की ग्यालरीले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा, ग्राहकहरूमाझ पुर्याउँदै आएकोले अव डिशहोम फाइबर नेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ ।
१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबर नेटको सेवा उपलब्ध गराईसकेको लक्की ग्यालरी अव अझ बढी ग्राहकहरुको माझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभयो ।