लोकसंवाद संवाददाता | समाचार | फागुन २९, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनीतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् ।
विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् ।
सो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले एमालेले संसद् विघटन गर्न खाजेको, एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्ने तर्क नै गलत भएको बताएका थिए ।