'स्थानीय तह' कि ‘स्थानीय सरकार’ प्रधानमन्त्री देउवाले सबै पार्टीसँग छलफल चलाउने

'स्थानीय तह' कि ‘स्थानीय सरकार’ प्रधानमन्त्री देउवाले सबै पार्टीसँग छलफल चलाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन २९, २०७८

काठमाडौँ । प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउन सबै पार्टीसँग छलफल गर्ने बताएका छन् । 

नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बागमति प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्नुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

‘नामसँग नै रहर हो भने स्थानीय सरकार भनि दिउँला । यसको लागि सबै पार्टीसँग सहमति लिउँला । महत्वपूर्ण कुरा भनेको नाम भन्दा पनि काम हो । काममा ध्यान दिउँ,’ प्रधानमन्त्री देउवाले भने । 

उनले कार्यक्रममा उपस्थित नगरपालिकाका प्रतिनिधिहरुलाई जनताको काम छिटो छरितो गर्न आग्रह गरेका थिए । उनले जनताको सुख, दुःखमा सहभागी हुन पनि स्थानीय तहलाई आग्रह गरेका थिए ।