राज्य जितेको कांग्रेस केन्द्रमा धराशायी

राज्य जितेको कांग्रेस केन्द्रमा धराशायी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०६, २०७६

गत वर्ष सम्पन्न भएको राज्य स्तरीय निर्वाचनमा कांग्रेसले राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा विजय हासिल गरेर सरकार गठन गरेको थियो । तर, लोकसभा निर्वाचनमा यी तीनवटै राज्यमा कांग्रेसको प्रदर्शन निराशाजनक देखिएको छ । 

काठमाडौं । विभिन्न मिडिया हाउसले देखाएको पोस्ट पोल सर्भेका अनुसार राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा कांग्रेसलाई निराशा हात लागेको छ । 
गतवर्ष सम्पन्न विधानसभा निर्वाचनमा कांग्रेसलाई निराशा हात लागेको छ । 

गतवर्ष सम्पन्न विधानसभा निर्वाचनमा कांग्रेसले सत्तारुढ भाजपालाई पराजित गरी यी राज्यमा सरकार गठन गरेको थियो । यी तीनवटा राज्यमा लोकसभाका ६५ सिट छन् । 
कांग्रेसले भर्खरै विजय हासिल गरेको यी राज्यबाट ठूलो आशा राखेको थियो । कांग्रेसले यी राज्यबाट ३०–३५ सिट जित्ने लक्ष्य लिएको थियो । तर विभिन्न मिडियाले देखाएको सर्वेक्षणले कांग्रेसको आशामा तुषारापात भएको छ । 

आजतकको सर्भे अनुसार मध्यप्रदेशका २९ सिट मध्ये कांग्रेसले १ देखि ३ सिट जित्ने अनुमान गरिएको छ । यसैगरि अन्य अन्य सर्भेका अनुसार यहाँबाट कांग्रेसले ५ सिटसम्म जित्ने संभावना देखाइएको छ । 

राजस्थानका २५ सिटमध्ये कांग्रेसले ०–२ सिट ल्याउने आजतकको अनुमान छ भने अन्य मिडियाले ४ सिटसम्म जित्ने अनुमान गरेका छन् । 

यसैगरि छत्तीसगढ राज्यमा आजतकका अनुसार कांग्रेसले ३–४ सिट जित्ने अनुमान छ भने अन्य मिडिया सर्भेले यस राज्यबाट कांग्रेसले ५ सिटसम्म जित्न सक्ने आँकलन गरेका छन् ।  