दिग्विजय सिंह साध्वीसँग पराजित हुने !

दिग्विजय सिंह साध्वीसँग पराजित हुने !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०६, २०७६

कांग्रेसका दिगज नेता दिग्विजय सिंह एकपटक फेरि साध्वीसँग पराजित हुने भएका छन । १५ वर्ष पहिला साध्वी उमा भारतीले उनलाई मध्य प्रदेशको सत्ताबाट बाहिरको बाटो देखाएकी थिइन । २०१९ को लोकसभा निर्वाचनमा मध्य प्रदेशको राजधानी भोपालबाट अर्की साध्वी प्रज्ञा ठाकूरले पनि उनलाई संसद पुग्नबाट रोक्ने स्थित देखिएको छ । 

भोपाल । मध्य प्रदेश राज्यको भोपाल संसदीय क्षेत्र १९८४ को भोपाल ग्यास काण्ड पछि कहिले पनि कांग्रेसले जीतेको छैन । 

२०१९ को निर्वाचनमा कांग्रेसका दिग्गज नेता दिग्विजय सिंहले भोपालबाट उम्मेदवारी दिएर मध्य प्रदेशको राजनीतिमा तहल्का मच्चाइ दिए । 

भाजपाले उनको प्रतिष्पर्धा गर्न साध्वी प्रज्ञा ठाकूरलाई अघि सारेपछि भोपाल सिट चर्चित बन्न पुग्यो । 

दिग्विजयले चुनाव जित्न हिंदुत्वको सहारा लिए । विवादस्पद वैष्णव साधु कम्प्युटर बाबालाई आफ्नो पक्षमा ल्याएर उनले हिन्दु छवि देखाउन खोजे ।

१९ मे का दिन सबै चरणको निर्वाचन सम्पन्न भएपछि विभिन्न मिडियाले देखाएको पोस्ट पोल सर्वेमा दिग्विजय सिंह पराजित हुने अनुमान गरिएको छ । सर्वे अनुसार उनी दुई लाख भन्दा बढी भोटले हार्न सक्छन । 

मध्य प्रदेशमा लोकसभाका कुल २९ सिट छन । पोस्टपोल सर्वेका अनुसार कांग्रेसले १–३ सिट जीत्ने अनुमान गरिएको छ ।  यी  सिटमा भोपाल पर्दैन । कांग्रेसले जीत्न सक्ने संभावित सिटमा मुरैना, छिंदवाडा र गुना पर्दछन ।