कागजको जहाजको उडान

कागजको जहाजको उडान

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०६, २०७६

भिएना । खेलकुदका थुप्रै विश्वस्तरीय प्रतियोगिताका बारेमा हामीले सुनेका छौं । तर कागजको जहाजको पनि विश्वस्तरीय प्रतियोगिताको बारेमा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । 

अस्ट्रियाको भियनामा शनिवार कागजको जहाज उडाउने अनौठो विश्वस्तरीय प्रतियोगिता आयोजना गरिएको छ । यसमा भारत लगायत ६१ देशको ३८० विश्वविद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । तीन भिन्न विधामा भएको प्रतियोगितामा सहभागी आफैंले डिजाइन गरेको कागजको जहाज उडाउनु पर्ने थियो ।  

उक्त प्रतियोगिता अमेरिकाका जैक हार्डीले जितेका थिए । उनले बनाएको जहाज ५६.६१ मिटर उडेको थियो । प्रतियोगितामा सर्बियाका लेजरले दोस्रो स्थान प्राप्त गरेका थिए भने स्लोभानियाका रोबर्ट तेस्रो भएका थिए । 

लेजरको कागजको जहाजले ५२.२८ मिटरको दूरी तय गरेको थियो भने रोबर्टको जहाजले ४६.३६ मिटरको दूरी तय गरेको थियो । 

अस्ट्रियाको रेडबुल कम्पनीले २००६ मा यस्तो प्रतियोगिता पहिलो पटक आयोजना गरेको थियो ।

यस प्रतियोगिताको लागि ए४ साइजको कागज प्रयोग गर्नुपर्ने नियम थियो । जुन आयोजक स्वयंले नै उपलब्ध गराउँथे भने जहाज बनाउनका लागि आवश्यक पर्ने कैंची, टेप लगायत अन्य डिजाइनका सामग्री प्रतियोगी स्वयंले लैजानुपर्ने थियो । 

प्रतियोगितामा जुनसुकै डिजाइनको प्रयोग गर्ने अनुमति थियो । जहाज उडाउनका लागि जुनसुकै तरिका यानेकि दोडने तथा अन्य प्रोपको पनि प्रयोग गर्न सकिने थियो ।