लोकसंवाद संवाददाता | समाचार | चैत २२, २०७८
रुपन्देही । आगामी स्थानीय निर्वाचनको प्रतिस्पर्धाका लागि सत्तारुढ गठबन्धनले रुपन्देहीका सबै पालिकामा सम्मान जनक सिट बाडफाँट गर्नका लागि संयन्त्र बनाएका छन् । गठबन्धनका दलहरुको सह अस्तित्व स्वीकार हुने गरी गठबन्धन गर्ने निर्णय पाँच दलले जनाएका छन् ।
गठबन्धनले गरेको घोषणा अनुसार सत्तारुढ पाँच दलले जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई मजबुद बनाउने निर्णय गरेका छन् ।
मंगलबार भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडा तहसम्म नै गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।
नेपाली काग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा), नेकपा एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा निर्णय गरेका छन् ।
सवै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । संयन्त्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको छ । गठबन्धनले बिस्तृत अध्यन र अनुसन्धन गरी पार्टीको यथार्त मतको आधारमा सिट बाडफाँट गर्ने जनाएको छ ।
नेपाली काग्रेस रुपन्देहीका सभापति खाणका सभापतित्वमाभएको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, सोनिया यादव, जनता समाजवादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्ला अध्यक्ष रमा अवतार यादव, नेकपा माओबादीका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राजुु गरुङ्ग, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमिरे, सचिव हरी काफ्ले लगायतको उपस्थितीमा बैठक बसेको हो ।