दुई हेलमेट योजना तत्काल कार्यान्वयनमा नआउने

दुई हेलमेट योजना तत्काल कार्यान्वयनमा नआउने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०६, २०७६

काठमाडौं–  आइतबार मात्र पत्रकार सम्मेलन गरी दुर्घटना न्युनिकरण गर्न चालकका साथै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले २४ घण्टा पनि नबित्दै आफ्नो निर्णयबाट पछि हटेको छ । 

चालकका साथै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने खबर सार्वजनिक भएसँगै ट्राफिक प्रहरीको चर्को आलोचना भएको थियो ।

ट्राफिक प्रहरी महाशाखाले सोमबार ट्वीटरमा एक सन्देश सार्वजनिक गर्दै दुई हेलमेट योजना तत्काल कार्यान्वयनमा नआउने जानकारी दिएको हो।

चर्को आलोचनापछि ट्राफिकले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डिलमार्फत दुई हेलमेट नियम तत्काल लागु नहुने स्पष्ट पारेको हो। 

सवारी ऐन २०४९ मा मोटरसाइकल तथा दुई पांग्रे सवारी चालक तथा पछाडि बस्ने यात्रुले हेलमेट लगाउनुपर्ने प्रावधान उल्लेख रहेको भन्दै महाशाखाले भनेको छ, ‘यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायको बीचको समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने छ।’