लोकसंवाद संवाददाता | समाचार | चैत २८, २०७८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सप्तरी काठमाडौँ सम्पर्क मञ्च गठन भएको छ । सोमवार भएको भेलाले वीरेन्द्र चौधरीको अध्यक्षतामा १५ सदस्यीय सम्पर्क मञ्च घोषणा भएको हो । घोषित मञ्चको उपाध्यक्षमा जीवनकुमार पोख्रेल सचिवमा प्रज्वल थापा कोषाध्यक्षमा रञ्जनाकुमारी चौधरी रहनु भएको छ । मञ्चका सदस्यहरूमा मिथिलेश चौधरी,पुरुषोत्तम चौधरी, उमेशकुमार चौधरी,निश्चल थापा, नवराज बराल, उमेश कार्की, शंकर कार्की, कौशिला पासवान, मन्दिरा कुमारी चौधरी, विपिन पाण्डे र उपेन्द्र खंग रहनु भएको छ ।
घोषणा भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा विशेष प्रदेश कमिटी अध्यक्ष बिरबलकाजी राई केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडा, मदेश प्रदेश सम्पर्क कमिटी अध्यक्ष वेदनाथ कोइराला, मदेश प्रदेश सम्पर्क कमिटी कोषाध्यक्ष सत्रुघन प्रसाद चौधरी, अनेरास्ववियू केन्द्रीय सदस्य प्रज्वल थापा लगायतले सम्बोधन गर्नु भएको थियो ।
विशेष प्रदेश कमिटीका सदस्य भागवत चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नवगठित सम्पर्क मञ्चलाई विशेष प्रदेश कमिटीका अध्यक्ष राईले शपथग्रहण गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन पुरुषोत्तम चौधरीले गर्नुभएको थियो ।