लोकसंवाद संवाददाता | कारोबार | चैत २८, २०७८
रुपन्देही । लुम्बिनी प्रदेशको बुटवल मोटरसाइक्लिङ सुरक्षा अभियान काे सुरुवात गरिएकाे छ ।
लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिष्ट सुरक्षा अभियानको शुरुवात गत २३ चैतमा बुटवलबाट सुरु गरिएको हाे । यस वर्ष नासा नेपालले फेडेरेसन इन्टरनेसनल डे अटो मोबाइलको सहयोगमा सुरक्षित हेल्मेट अभियान संचालन गरिरहेको छ ।
नेपालमा मात्र नभई संसारभर लोकप्रिय मोटरसाइकल सुरक्षाको हिसाबले भने डरलाग्दो बन्दै गएको छ । हाल विश्वका शहरी दुर्घटनाको ठुलो हिस्सा मोटरसाइकल ओगटेको पाइन्छ जसबाट वार्षिक लाखौंको अकाल मृत्यु, अंगभंग र अर्बौको आर्थिक क्षति भैरहेको छ ।
नेपालमा दैनिक सरदर ६ देखी ८ जनाको सवारी दुर्घटनामा अकाल मृत्यु भैरहेको छ । मोटरसाइक्लिष्ट , पैदल यात्रुहरु, साइक्लिस्ट र अपांग हरुको मोबिलिटी अधिकार र सुरक्षा आज ठुलो चुनौती बन्दै गएको छ र त्यसलाई सरकारी, गैरसरकारी क्षेत्रबाट सम्बोधन गर्ने कार्यसमेत भैरहेको पनि छ , जुन पर्याप्त भने हुन सकेको छैन । जबसम्म नेपाल सरकार दिगो सडक र सुरक्षित यातायातको लागि प्रतिक्रियात्मक मात्र बन्ने अवस्था रहन्छ तबसम्म सार्थक र सकारात्मक परिणाम निस्कन गा¥हो छ र त नागरिक र पेशागत तहबाट निकै सकृय र महत्वपूर्ण अभियानहरू शुरु भएका छन् ।
त्यहि अभियान अन्तर्गत नै गत २०२१ को सेप्टेम्बर बाट नेपालमा FIA Affordable Helmet अभियान गरिएको छ । सोहि अभियान अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिष्ट सुरक्षा अभियानको शुरुवात गत २३ चैतमा बुटवल बाट गरियो । यस वर्ष नासा नेपालले फेडेरेसन इन्टरनेसनल डे अटोमोबाइल को सहयोग मा सुरक्षित हेल्मेट अभियान संचालन गरेको हो ।
जसमा नासा फाउन्डेसन नेपाल, सुरक्षित यात्रा अभियान, बुटवल र सुचना तथा मानव अधिकार केन्द्र नेपालगन्ज समेत सहयात्री रहेका छन । जसमा नीति निर्माता, सरकारी अधिकारी र सञ्चारकर्मीहरुलाई सुरक्षित हेल्मेट र पछाडी बस्नेको लागि हेल्मेट को महत्वबारे प्रकास पारिने छ । त्यसबाट सम्बन्धित एन कानुन निर्माण र कार्यन्वयन सरल र सहज हुनेछ ।
यही २३ गते FIA World council गोविन्द भट्टराईले लुम्बिनी टेलिभिजनका दिनेश पाण्डेलाई हेल्मेट हस्तान्तरण गर्नुभयो भने सोहि दिन सुरक्षित यात्रा अभियानको तर्फबाट ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापालाई सुरक्षित हेल्मेटको संकेत स्वरूप हेल्मेट हस्तान्तरण गरिएकाे थियो ।
नासा नेपालले देशभरी संचालन गर्ने यस अभियानको लागि पश्चिम नेपाल र उपत्यकामा बिभिन्न कार्यक्रम शुरु भइ सकेको छ । जसमा नीति निर्माणको लागी लबिङ, तालिम, मिडिया अभियान लगायत कार्यहरु गरिरहेको छ ।