लोकसंवाद संवाददाता | समाचार | चैत ३०, २०७८
अछाम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) कमल बजार नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।
कमल बजार नगरपालिका आयोजित भेलालाई प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य शेरबहादुर कुँवरले विधि पद्धति सिद्धान्त र बिचारमा एमालेमा विचलन आए पछि आफूहरुले बिद्रोह गरि कम्युनिस्ट आन्दोलनलाई पुनर्निर्माण गर्ने अभियानमा लागेको बताउदै केन्द्रीय सदस्य कुँवरले अछाम जिल्लाको बिकास र समृद्धिका लागि समाजबादी पार्टीमा गोल बन्ध हुनु पर्ने बताउनु भयो ।
भेलामा बोल्दै केन्द्रीय कमिटी सदस्य अछाम जिल्ला सह इन्चार्ज शंकर भण्डारीले अछाम जिल्लाका आधारभुत तहका जनताका बिच पार्टीको संगठन बिस्तार भएकोले नेता कार्यकर्ताले इमानदार पूर्वक जनताको काम गर्न आग्रह गर्नु भयो ।
कमल बजार नगर कमिटीले आयोजना गरेको भेलामा जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र बिष्ट उप सचिव नयन सोडारी समाजबादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुँवर सचिवालय सदस्य रामराज नाथ कमल अधिकारी तीर्थ ढकाल बमबहादुर रावल प्रभु खनाल दिपक बहादुर रावल दिपक थापा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य देबेन्द्र बुढा जिल्ला कमिटी सदस्य ध्वज बहादुर थापा कर्ण बोहरा झपट बिक कमला तिमिल्सिना लगाएतका वक्ताले बोल्नु भएको थियोे ।
कमल बजार नगर कमिटी अध्यक्ष नयाराम थापाको अध्यक्षतामा भएको भेलाको संचालन सचिव भीमबहादुर बिष्ट स्वागत सिता कुमारी थापाले गर्नु भएको थियोे ।
कलाकार रिदम बिसि र कमल बिष्ट लगाएतले भेलाको बिच बिचमा आफ्नो कला प्रस्तुति गर्नु भएको थियोे ।