लोकसंवाद संवाददाता | समाचार | बैशाख ०१, २०७९
काठमाडौँ । एकीकृत ट्रेड युनियन महासंघ, नेपालको बागमती प्रदेशस्तरीय भेला काठमाडौँ कमलादी स्थित प्रज्ञाप्रतिष्ठानको हलमा सम्पन्न भएको महासंघले जनाएको छ
एकीकृत ट्रेड युनियन महासंघ, नेपालका संरक्षक एवं नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भेलालाई न्यौपानेका साथै महासंघका महासचिव दीपक पौडेल र अध्यक्ष विष्णु लम्सालले सम्बोधन गर्नुभएको थियो । मजदुर विरोधी गतिविधिमा संलग्न जिफन्टलाई सुधार्न नसके पछि विद्रोह गरेर नयाँ महासंघ बनाउनु परेको निष्कर्ष वक्ताहरूको रहेको थियो ।
गैर मजदुरहरू हाबी भएको संस्थाले मजदुरलाई नेतृत्वबाट हटाउने कामको थालनी गरेपछि सबै घटकका श्रमिक नेतृत्वहरू मिलेर नयाँ संगठन निर्माणको आवश्यकताको बारेमा प्रकाश पर्दै श्रमिकको समस्या बुझेर काम गर्दै अगाडि बढ्नुपर्ने धारणा प्रमुख आतिथ्य मुकुन्द न्यौपानेले राख्नुभएको थियो ।
भेलाले गोविन्द अर्यालको अध्यक्षतामा २१ एकीकृत ट्रेड युनियन महासंघ, नेपालको बागमती प्रदेश कमिटीको चयन गरेको छ। कमिटीको उपाध्यक्षमा माधव बञ्जरा, सचिवमा प्रदीप श्रेष्ठ , सहसचिवमा देवी मैनाली रहनु भएको छ ।
त्यसै गरी सदस्यहरूमा शिव केसी, विष्णु केसी , टीका जिसी, ईश्वरी कँडेल, इन्द्र न्यौपाने , मणि पाठक , नारायण अधिकारी, अनिता आचार्य , सूर्य किरण, नन्दु महतो, विष्णु लामिछाने गुरुङ, कृष्ण शरण लामिछाने, रमेश चौलागाईं , नारायण नेपाल , ज्ञानबहादुर तामाङ , रामबहादुर बिक र कुमार पुरी सर्वसम्मत रूपले चयन भएको समेत महासंघले जनाएको छ ।
भेला गोविन्द अर्यालको अध्यक्षतामा र सञ्चालन प्रदीप श्रेष्ठले गर्नु भएको थियो ।