ऋतु आशिक | साहित्य | बैशाख ०३, २०७९
तिमीले भनेका थियौँ 'तानाशाही महेन्द्र हुन्'
मैले पनि त्यसै भने
जब–जब मेरो चेत फर्कियो
यसबेला म उनको पक्षधर भएको छु ।
हो ! म अति राष्ट्रवादको
कवच स्नेह साथ स्वीकार्छु ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी
हाम्रा पुर्वजहरुको वैभवता
अति राष्ट्रवादसँग
म एकाकार हुन चाहन्छु ।
लाखौँको तादातमा भित्रिएका भारतीयहरु
धमाधम कारखानामा उत्पादित भए झैँ
नेपालीमा रुपान्तरित भइरहेका छन् ।
यो भेललाई किन रोकिदैन ?
मेरो अति राष्ट्रवाद
तिम्रा घृणाका शब्दहरुको पहिरन पहिरिएर,
मेरो गौरव सम्झिएको छु ।
'अति राष्ट्रवाद' तिम्रो घृणाको बर्को ओढेर
मेरो देशको पुनरुत्थान
जीवन्तको लागि स्वीकार्छु ।
हो ! म मेरो देशप्रति घमण्ड गर्छु ।
मलाई अति राष्ट्रवाद
विभूषण भिराएर
देशप्रति घात गरिरहेका छौ ।
लिम्पियाधुरा, लिपुलेक, कालापानीमा
युद्धस्तरमा सडक निर्माण गरिरहेका छौ ।
भारतीय अतायायी शासकका विरुद्ध किन बोल्दैनौ ?
तिमीलाई देश किन दुख्दैन ?
छिमेकीले युद्धस्तरमा सडक निर्माण गरिरहेको छ ।
मलाई अति राष्ट्रवाद भाङ्ग्रो ओढाएर
तिमीले चयनको सास लिइ रहेका छौ ।
मालिकको स्यावासी पाइरहेका छौ ।
तिम्रो स्वार्थ माथि ऐश्वर्य थपिएको छ ।
मेरो विरुद्ध आफूलाई उभ्याएर
देश लुटेराको पक्षमा आफूलाई उभ्याएका छौ ।
राजा महेन्द्र !
मैले तिमीलाई तानाशाहीको प्रारुपमा
तिम्रा विरुद्ध
धेरै शब्दहरु खर्च गरेको छु ।
तिमीले सयकडौं कारखाना स्थापित गरेर
देशलाई आत्मनिर्भर बनाउँदै थियौँ ।
मेची महाकाली
आफ्नै मुलुक भएर जान सकोस्
महान उद्देश्य, महान अभियानमा
पूर्व पश्चिम राजमार्ग बनाउनुको अर्थ
देशलाई जोड्दै थियौ ।
संयुक्त राष्ट्रसंघमा सदस्य दिलाउनु हुन्न
घर भेटीसँग जुझ्दै थियौ ।
नेपाल प्राचीन देशको चिनारी गर्वका साथ
विश्वलाई दिँदै थियौँ ।
तिम्रो अति राष्ट्रवादको अनुसरण गर्न म निस्केको छु ।
रोक्न सक्छौ भने रोक !
मेरो अति राष्ट्रवादको समर्पणलाई ।
हजारौँ देशभक्त नेपालीलाई
छिमेकी भारतको उक्साहटमा
छिमेकी कै मलजल पोषणमा
निमुखा नि निम्छरा नेपालीलाई
जनयुद्धको छिमेकी आवरणमा
दिल्ली दरबारको निर्देशनमा
देशका सिमाना ढाल्दै थियौँ ।
देशलाई आहालमा डुबाएर
छिमेकीलाई देश विरुद्ध देशद्रोहीको
फेर समातेर ताते गरिरहेका थियौ ।
मेरो प्राचीन देशको वैभवता
मेरो राष्ट्रिय स्तम्भ
पृथ्वीनारायण शाह
देश निर्माण शिरोमणि अतुलनीय योद्धामाथि
हिलो छ्याप्ने
दुःसाहस पटक–पटक गरेका छौ ।
यसैले म तिमीलाई मनैदेखि घृणा गर्छु ।
पटक–पटक
मेरो देशमाथि चिथोरेका चिथोरिएका छौ ।
तिमीलाई मलाई 'अति राष्ट्रवाद' भन्ने गर्छौ
हो त्यो अति राष्ट्रवाद
तिम्रो आरोप स्वीकार्छु
त्यो आरोप भित्र
'जननी जन्म भूमिश्चय स्वर्गादपी गरियसी'
हो !म अति राष्ट्रवाद पक्षधर हुँ ।
मलाई अति राष्ट्रवादको भाङ्ग्रो ओढाएर
तिम्रो मन न्यानो भएको छ
स्यावासीको साथ–साथै
देश लुटेराले तिमीलाई धाप मार्नेछन्
तिम्रो ख्वामितको आशीर्वादमा
देश विरुद्धको ताण्डव नृत्यमा
तिमीलाई सामेल गर्नेछन् ।
तिमीलाई दासोचित पुरस्कारले अभिषेक गर्नेछ ।
तिमीलाई हाइ–हाइका स्वरहरु
चारैतिर जयगान गरिने छ ।
तिमीलाई बाबुराम, प्रचण्डका
तिमीलाई शेरबहादुर, ओली आदिका
तथास्तुका ऋचाहरू प्रवाह गरिने छ ।
जसले जसले तिमीलाई
जे जे वनाए पनि
तिमीलाई महसुस हुनेछ
तिम्रो काम सकिए पछि
नेपालीमा उखान छ
काम सकुञ्जेल भाँडो हुनेछौ ।
काम सकिएपछि ठाडो हुनेछौ ।
तिमी लेण्डुप दोर्जेमा परिणत हुनेछौ ।
तिमीले मलाई भन्ने गरेको अति राष्ट्रवाद
तिमीले मलाई गरेका घृणाहरू
ती आत्मग्लानिमा परिणत हुनेछन् ।
ती शूल भएर तिमी तिर फर्किनेछन् ।
तिमीले गरेको घृणाका अति राष्ट्रवाद शब्दहरु
तिमीले आफूलाई आत्मग्लानिमा डुबाउने छौ ।
म गौरव महसुस गर्ने छु ।
जब–जब मेरो देश
सिक्किम हुनबाट जोगिने छ ।
देश जब आत्म स्वाभिमानको लागि उठ्ने छ ।
भारतीय थिचो मिचोको विरुद्ध उठ्ने छ ।
मेरो देश स्वतन्त्र हुँदै उठ्ने छ ।
मेरो अति राष्ट्रवाद
प्रत्येक नेपालीमा समाहित हुनेछ ।
देशप्रति षडयन्त्र गर्नेका विरुद्ध
आफूले आफैलाई शुद्धिकरण गर्दै
अति राष्ट्रवादको झण्डा उठाउँदै
भारतीय विस्तारवादका विरोधमा
आउ देशैभरि आवाज घन्काउ ।
२७ चैत्र २०७८
तरहरा, इटहरी