'निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छाैं'

'निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छाैं'

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ०४, २०७९

आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वाेच्च अदालतले अध्ययन गरिरहेको जनाएको छ । 

आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरिपाऊँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । 

उनका अनुसार अध्ययनपछि मात्र रिट दर्ता हुनेछ । ‘उहाँ (महाप्रसाद अधिकारी)ले आज निलम्बनविरुद्ध रिट निवेदन दिनुभएको थियो’, प्रवक्ता पौडेलले भने, ‘अहिले अध्ययन भइरहेको छ । अध्ययनपछि मात्र दर्ता हुनेछ ।’ 

सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।