लोकसंवाद संवाददाता | समाचार | बैशाख ०६, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आज (२०७९ वैशाख ६ गते मंगलबार) दिनको ठिक १ बजे राष्ट्रिय सभागृहमा घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टी र नेकपा (गौरवशाली ) पार्टी बीच सम्पन्न हुने कार्यक्रममा नै घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखिएको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. विजय पौडेलले जानकारी दिनु भएको छ ।