लोकसंवाद संवाददाता | समाचार | बैशाख ०६, २०७९
नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमका बीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा समाजवादीले २०५१ सालमा एमालेको ९ महिने सरकारले गरेका 'आफ्नो गाउँ आफैँ बनाऔँ' कार्यक्रमलाई समावेश गरेको छ । घोषणापत्रमा प्रत्येक घर परिवारलाई मासिक २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउनेदेखि घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्नेसम्मका कार्यक्रम छन् ।
नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको एकीकृत समाजवादी पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको छ । यसअघि एमालेबाटै निर्वाचन लडेको समाजवादी यस पटक भने सत्तारूढ ५ दलीय गठबन्धनबाट अघि बढिरहेको छ ।