लोकसंवाद संवाददाता | समाचार | बैशाख ०६, २०७९
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको उपत्यका स्तरीय प्रचार भेला सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे भेलालाई सम्बोधन गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका बताउनुका साथै 'मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउन अग्राह गर्नु भयो ।
नेता खतिवडाले समाजवादी र नवउदारवादीको एकता र सहकार्यबाट संविधानको रक्षा गर्दै प्रतिगमन विरुद्ध गठबन्धन बनाएकाले आसन्न निर्वाचनमा साझा उम्मेदवारले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । पार्टीको प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव खतिवडाले देशमा समाजवादी आन्दोलन अगाडि बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।
समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले प्रतिगमन विरुद्धको आन्दोलनबाट उक्त संगठन उदय भएकाले यसले संविधानको रक्षाका लागि क्रियाशील भई पाँच दलीय गठबन्धनका नीति तथा कार्यक्रमलाई जनतामाझ पुर्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साँझ उम्मेदवारका विचारलाई मतदातासम्म लगेर अग्रगमनका पक्षमा जनमत बनाउनुपर्नेमा जोड दिए ।
संगठनका उपाध्यक्ष एवं उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिँडारीले निर्धारित समयमा चुनाव सम्पन्न भएपछि प्रतिगमनहरू किनारा लाग्ने हुँदा अब संठनमा आबद्ध पत्रकारलाई त्यसतर्फ प्रतिबद्ध हुन आग्रह गरेका थिए ।