गृहमन्त्रीद्वारा सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न निर्देशन

गृहमन्त्रीद्वारा सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०८, २०७९

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । 

गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।

घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि गृहमन्त्री खाँडको निर्देशन छ ।

आज विहान करिव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।