एकीकृत ट्रेड युनियन महासंघ पहलमा ४ बुँदे सहमतिमा मजदुरहरु सहमतिमा टुङ्गियो

एकीकृत ट्रेड युनियन महासंघ पहलमा ४ बुँदे सहमतिमा मजदुरहरु सहमतिमा टुङ्गियो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०८, २०७९

काठमाडौँ । दुम्कीवास  ह्यचरी  पोल्टी प्रा.  लि.  गत चैत्र २२ गतेदेखि  जारी मजदुरहरुको आन्दोलन ४ बुँदे सहमति पश्चात  सहमतिमा टुङ्गिएको छ । 

२०७९ बैशाख ९ निर्माण तथा बन श्रमिक युनियन तथा  एकीकृत ट्रेड युनियन महासंघ,नेपालको केन्द्रिय सदस्य राम प्रसाद पाण्डेको पहलमा तथा अगुवाइ मा पाँच सूत्रीय माग पूरा गर्ने गरी  मजदुर र कम्पनी बीच  त्रिपक्षीय  सहमति भएको छ ।

 सहमती भएका वातावरणको असर बारे स्वच्छ बाताबरण बनाउन दुबै पक्ष उत्तिकै जिम्मेवार बन्ने,  १०० रुपैया प्रति दिन ज्याला वृद्धि  गर्ने, महिला र पुरुष बीचमा असमान ज्यालालाई समान रुपमा बितरण गर्ने र कम्पनीलाई कामदारको आवश्यकता भएमा प्राथमिकता स्थानीय जनतालाई दिने सम्मको निर्णय सहमति भएकाे प्राप्त समाचारमा उल्लेख छ ।