लोकसंवाद संवाददाता | समाचार | बैशाख ०९, २०७९
आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्र बाँकी छ ।
निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाइ सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बू र काठमाडौंमा निर्वाचन सामग्रीसमेत पठाइसकिएको छ ।
‘८ वैशाखसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदै छ', आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार ४४ वटा राष्ट्रिय संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दै छन् ।