निर्वाचन आयोग: मतपत्र छपाइ ९३ प्रतिशत सकियो, ४३ जिल्लामा ढुवानी समेत भयो

निर्वाचन आयोग: मतपत्र छपाइ ९३ प्रतिशत सकियो, ४३ जिल्लामा ढुवानी समेत भयो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७९

काठमाडौँ । वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । 

निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्ने क्रम जारी रहेको जनाएको छ । 

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । 

हालसम्म  ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ ।