लोकसंवाद संवाददाता | समाचार | बैशाख १८, २०७९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको सन्देश मूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।
३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।
टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देश मूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।
आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युट्युब, टिकटलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।
यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्र्ने जनाएको थियो ।