लोकसंवाद संवाददाता | समाचार | बैशाख १९, २०७९
२ सुरक्षा निकायका प्रमुखहरूलाई दर्ज्यानी चिह्न (फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका हुन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुली लगाइदिएका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २ एआईजी सिंह र सशस्त्र प्रहरीका एआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सिंहको नियुक्तिमा प्रहरीका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा असन्तुष्ट देखिएका छन् । सशस्त्र प्रहरीबाट भने अर्याल एक्ला दाबेदार थिए ।२ जना अदालत जाने तयारीमा छन् । उनीहरू अदालत जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम बिहानै राखिएको हो ।
२०७७ मंसिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए । उनीपछि गत वर्षको असारमा सहकुल थापा एआईजीमा बढुवा भएका थिए । सिंह भने गत चैतमा मात्र एआईजीमा बढुवा भएका थिए ।