लोकसंवाद संवाददाता | समाचार | जेठ ०३, २०७९
कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन् । । मंगलबार सार्वजनिक मतपरिमाण अनुसार विष्टले दुई हजार छ सय ३६ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले दुई हजार चार सय ४५ मत ल्याएका थिए ।
त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी भएका छन् । उनले दुई हजार नौ सय १७ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी सीता रावलले दुई हजार दुई सय ८३ मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका नेत्रविक्रम विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य एटम बिसीले एक हजार नौ मत पाए । यस गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको थियो ।