लोकसंवाद संवाददाता | स्वास्थ्य | जेठ १०, २०७९
पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क रुपमा प्रदान गर्ने पहिलो निर्णय गर्नुभएको हो । सुत्केरीको घरदेखि नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित नगरप्रमुख चौधरीले बताउनुभयो ।
चौधरी दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, बजार व्यवस्थापनका कार्यलाई तदारुकताका साथ अगाडि बढाइने बताउनुभयो । 'पहिलो कार्यकालमा अधुरा रहेका योजनालाई पूर्णता दिन्छौँ ' उहाँले भन्नुभयो, ' नगर गौरवका नयाँ योजना कार्यान्वयनमा ल्याउनका लागि योजनाबद्ध रुपमा कार्य गर्छौ ।'