लोकसंवाद संवाददाता | समाचार | जेठ २०, २०७९
कास्की । जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पाेखरा महानगर-२२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससकाे प्रमुखमा उम्मेद्वार बनाएकाे थियाे । उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेद्वार दीपेन्द्र ढकालले ४ मत ल्याए ।
उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी भएकी छिन् । उनले गठबन्धनकी उषा थापालाई हराएकी हुन् । ढकाल कांग्रेस र थापा माओवादीबाट उम्मेद्वार थिइन् ।
५ पालिका रहेकाे कास्कीमा एमालेले २ पालिकाको प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको थियाे । कांग्रेसले २ पालिकाकाे अध्यक्ष र १ पालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीले पाेखरा महानगरकाे प्रमुख जितेको हाे ।
सदस्यहरुमा एमालेकै गणेशबहादुर घर्ती, लक्ष्मी दमै, सीतादेवी विक, सुकमाया नेपाली, बालिका सुवेदी, राजु अधिकारी र हरेक बहादुर गुरुङ निर्वाचित भए ।