निखिल विश्वास: संगीतका साधक, सर्जक अनि संगीतकै विश्वास

निखिल विश्वास: संगीतका साधक, सर्जक अनि संगीतकै विश्वास

आशिष पौडेल  |  अन्तर्मन्थन  |  जेठ २१, २०७९

चिकित्सक पिता सतिश चन्द्र विश्वासको आफ्नै औषधालय थियो जनकपुरमा । उहाँको पिताजी बंगाली हुनुहुन्थ्यो । पढेर आइसकेपछि उहाँ जनकपुर आउनुभयो । विदेशी मानिस काम गर अनि घरधन्दा पनि गर भन्दा त्यति सजिलो रहेन जीवन त्यसपछि उहाँले जनकपुरमा नै विवाह गर्नुभयो र सुरु भयो विश्वास परिवारको कहानी । अहिले पनि जनकपुरमा पिताजीको त्यो औषधालय उहाँको जेठो छोरा सुनिल कुमार विश्वासले चलाइरहनु भएको छ । 

उहाँको जन्म २०१३ सालमा जनकपुरमा भएको हो । उहाँहरु पाँच बहिनी तथा दुई भाइ । उहाँ भने कान्छो । उहाँको बाल्यकाल घर नजिकैको बाटोमा बर्खामा बन्ने पोखरीमा माछा मार्दै बितेको हो । चंगा पनि नउडाएको कहाँ हो र उहाँले । सामान्य वाल पनमा हुने चकचक सबै गर्न छुट्याउन  भएको छैन उहाँले । 

०००

उहाँको प्रारम्भिक शिक्षा सकल भवन कन्या माविबाट भएको हो । कन्या मावि भए पनि पाँच कक्षासम्म भने सह–शिक्षा नै थियो । त्यस बेला पनि बस्ने डेस्क बेञ्च राम्रै थियो । विद्यार्थीहरुको उपस्थिति पनि राम्रै थियो । तीस/चालीस जनाको कक्षामा महिलाहरु झण्डै दश जना जति हुन्थे । 

छ कक्षादेखि भने उहाँ सरस्वती माविमा पढ्न थाल्नुभयो । त्यहाँ पनि विद्यालयको भौतिक अवस्था एकदमै राम्रो थियो । उहाँ सम्झनुहुन्छ त्यहाँको जस्तो विज्ञानको प्रयोगशाला पछि काठमाण्डौ आएर हेर्दा नाम चलेका कलेजमा पनि थिएन । 

उहाँ सामान्य नै विद्यार्थी हो । बसाइ भने पछाडिको बेञ्चमा रहन्थ्यो विश्वासको । कक्षामा झण्डै चालीस/पचास जना हुन्थे । महिलाहरुको संख्या त्यस्तै दश/बाह्रमा सीमित थियो । 
सामान्य विद्यार्थी भए पनि सरहरूले कुटे रै विद्यार्थी तह लगाउने त्यो समयमा उहाँले खासै कुटाइ खानु भएको छैन । एक पटक आशीष सरले औंलाको बीचमा पैसा राखेर दबाउन लगाएको बाहेक । 

प्राय त्यस बेला प्रचलनमा रहेको प्रत्येक हप्ता शुक्रबार गरिने अतिरिक्त क्रियाकलाप हुँदैनथ्यो स्कूलमा । तर विशेष अवसर प्रजातन्त्र दिवस, राजा, रानीको जन्मदिन भने हुने गर्थ्यो । 

उहाँहरु फुटबल खेल्ने । फुटबल खेल्दा दुई टीम गरेर बाइस जना हुने नै भए । अनि यसो अरु दर्शक साथीभाइ गर्दा एउटा सानो हुल त भइहाल्थ्यो । अनि त्यो बेलामा कोही साथीलाई अरुले यसो दुई चार झापड लगाउँदा झापड लगाउने ले पछि कुटाइ खाएको राम्रै सम्झना छ उहाँलाई । 

उहाँले २०३२ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याजमा चालीस/पचास जना थिए । करिब बीस जना पास भएकोमा उहाँ पर्नु भएन । उहाँ भने दोस्रो पटक मात्र पास हुनु भएको हो । 

एसएलसी पास भएपछि उहाँ राम स्वरुप राम सागर क्याम्पस अर्थात आरआर क्याम्पस पढ्न थाल्नुभयो । पढाइ नियमित नै हुन्थ्यो । राजनीतिक कार्यक्रम त्यति हुने गर्दैनथ्यो । पछि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति हुनुभएका रामचन्द्र बहादुर सिंह क्याम्पस चिफ हुनुहुन्थ्यो । उहाँ अलि कडा मिजासको मान्छे हुनुहुन्थ्यो त्यसकारण पनि क्याम्पसको वातावरण राम्रो थियो ।

स्कूलबाट कलेज जाँदा उहाँ पढाइका बारेमा गम्भीर भए पनि आइए भने पूरा भएन । पछि संगीतले पढाइमा वाधा ल्यायो ।

०००
त्यस बेला रेडियो हुनु नै ठूलो कुरा थियो । उहाँको घरमा भिटा बक्स भन्ने रेडियो थियो । सबै जम्मा भएर सुन्ने चलन थियो । 

उहाँको आमा हार्मोनियम बजाएर लता मंगेशकरको गीत गाउनुहुन्थ्यो । स्वर पनि राम्रै थियो । उहाँको काकीहरूले पनि आमालाई गाउन प्रेरित गरिरहनुहुन्थ्यो । शायद यसबाट नै उहाँमा पनि गीत संगीतको छाप परेको हुनसक्छ ।

उहाँ सानो हुँदा नै जनकपुर कला परिषदले विभिन्न कार्यक्रमहरु गर्थ्यो । उहाँहरु हेर्न जानुहुन्थ्यो । पछि जनकपुर कला परिषद अलि सुस्त भयो कार्यक्रमहरु पनि खासै हुँदैनथ्यो । 

तर, उहाँहरुको एउटा समूहले गाउने बजाउने गर्न थालेपछि परिषदका एक जना अग्रजले परिषदलाई सक्रिय बनाउ भनेपछि उहाँहरुले परिषद अन्तर्गत रहेर सक्रिय बनाउन थाल्नुभयो । 

जनकपुरमा एक जना चतुर्भुज आशावादी भन्ने संगीत साधनामा लागेको अग्रज हुनुहुन्थ्यो । आशावादीसँग देखभेट भए पनि प्रत्यक्ष भेट भएको थिएन र के गर्नुहुन्छ भन्ने पनि थाहा थिएन । पछि एक पटक उहाँको साथीहरुले बजाइरहेको ठाउँमा आशावादीलाई देखेपछि उहाँ संगीतको मान्छे भन्ने थाहा भयो । 

पछि उहाँलाई गाउन पनि भनियो । उहाँसँग दुई वटा बंगो थियो । बंगो लिएरै जानुहुन्थ्यो बजाउन । बजाउन नसिके पनि तालको ज्ञान राम्रै थियो उहाँलाई । 

एकदिन क्याम्पसमा हुने सांगीतिक कार्यक्रममा आशावादीले उहाँ लगायत रञ्जित तथा एक जना महिलालाई रिक्सामा चढाएर लिएर जानुभयो । राजविराजको विश्वराज शर्मासँग उहाँको परिचय पनि पहिलो पटक त्यहीँ कलेजमा भयो । शर्मासँग भएपछि उहाँको सांगीतिक यात्रा अझ अगाडि बढ्यो । 

दार्जिलिङमा कुनै समय पहिरो गएर जनधनको क्षति भएको रहेछ । अनि क्याम्पसमा भएको कार्यक्रममा आशावादीले लिएर आउनु भएका कलाकारले यससँग सम्बन्धित गीत पनि गाए । यसरी उहाँको सांगीतिक उडानले पनि विस्तारै गति लिन थाल्यो । यसपछि उहाँले गाउने बजाउने गर्न थाल्नुभयो । तर, पढाइले भने गति लिन सकेन । 

पढाइले गति लिन नसकेपछि बुवाले आफूसँगै काम गर्न भन्नुभयो । चार वर्ष उहाँले बुवासँग काम पनि गर्नुभयो । पछि साथीभाइ भेट हुँदा सबैले ग्रयाजुएट सकियो भनेर सोध्ने गर्दा उहाँलाई अब पढ्छु भन्ने भयो । 

उहाँले अब म पढ्छु भनेर राजविराज आउनुभयो र कानून पढ्न थाल्नुभयो । पछि कानूनमा स्नातक गर्नुभयो । तर, संगीतको भोक लागेको मान्छे कानूनमा अभ्यास गर्न छोडेर संगीतमै लाग्नुभयो । 

राजविराज उहाँको हितैषी दाइ विश्व राजको घर पनि भएकोले एकदम सजिलो पनि भयो । राजविराजमा हुँदा त्यसबेला विकास क्षेत्रमा हुने राजाको सवारीमा उहाँले स्वागत गान पनि गाउनु भएको छ । 
०००

त्यस बेला जनकपुर चुरोट कारखानाले वार्षिक रुपमा सांगीतिक कार्यक्रम गर्ने गर्थ्यो। उक्त कार्यक्रमको संयोजन त्यस बेला विश्वासले गर्नुभयो । कार्यक्रममा उहाँको खटाइ र लगन देखेर उहाँलाई महा प्रबन्धकले केटो जागिर खान्छ कि के हो सोध् भनेर भन्नुभएछ । अनि भोलिपल्ट उहाँ नागरिकता लिएर जानुभयो । 

निवेदन दिएर केही दिनपछि नियुक्ति पत्र प्राप्त गर्दै जागिर शुरु भयो चुरोट कारखानामा । ज्याला दारीका रुपमा काम गर्नुभयो । त्यस बेला दैनिक ज्याला पन्ध्र रुपैयाँ बैसठ्ठी पैसा थियो । पछि भने उहाँ स्थायी पनि हुनुभयो । 

०००

पहिले पहिले जनकपुरमा चिट चोर्न पाइन्छ भनेर काठमाडौँमा एसएलसी फेल भएकाहरु जाँच दिन जाने गर्थे । त्यसमा एक जनासँग उहाँको मित्रता राम्रो भयो । तर, रहँदा बस्दा उनीहरुसँग पैसा सकियो । घरबाट पनि खर्च धेरै गरेकोले पैसा पठाउन छोडे ।

दिपक रायमाझीले ड्रिम प्रोजेक्ट भनेको हुनाले पनि उहाँले यसमा धेरै मेहनत गर्नु भयो । गीत अलि हाइ पिचको थियो त्यसै लै त्यस्तै गायकको खोजी भइ पनि रहेको थियो ।  पछि एक जना साथीले शितल मोक्तानलाई गाउन दिन सुझाए । उहाँले भने शिला बहादुर मोक्तानलाई गएर शितल तथा सुबानीमा कसलाई गाउन दिंदा ठिक होला भनेर सोध्नुभयो । उहाँले पनि शितललाई नै सुझाउनु भयो । 

घर फर्किने पैसासम्म भएन । अनि एक जना काठमाडौँको चिनेको अग्रजले मेरो घडी लिएर जा भन्ने कुरा चल्यो । उहाँले पनि त्यस बेला कहिलेकाँही आमाको घडी लगाउनुहुन्थ्यो त्यो पनि बन्धकी राख्ने कुरा भयो । 

साथीको आमाले बन्धकी राखिदिने र पैसा ल्याएपछि फिर्ता दिने कुरा भयो । तर, उहाँको त आमाको घडी घर जाँदा लिएर जानुपर्ने थियो । त्यो सम्भव नभएपछि उहाँ त्यो साथीसँग काठमाडौँ आए रै पैसा लिने जाने कुरा चल्यो । जनकपुरबाट बसमा हेटौंडा अनि हेटौंडाबाट ट्रक चढेर उहाँ पहिलो पटक काठमाण्डौ आउनुभयो ।  

पछि भने सांस्कृतिक कार्यक्रमको सन्दर्भमा उहाँ काठमाडौँ आउनु भयो । त्यस बेला चौध अञ्चलको सांस्कृतिक कार्यक्रम हुने गर्थ्यो । चौध अञ्चलबाट नै सांस्कृतिक टोलीहरू आउने गर्थे काठमाण्डौ । उहाँ पनि त्यो टोलीमा आउनु भएको थियो । आनन्दकुटी विहारमा उहाँ त्यस बेला बीस दिनसम्म बस्नु पनि भएको थियो । 

०००

जनकपुर चुरोट कारखानाको जागिर र अन्य उल्झने उहाँले संगीतालाई पनि उल्लेख्य उचाइमा पुर्याउन सक्नु भएन । त्यसमाथि पनि संगीतालाई पेशाका रुपमा अपनाउनु पर्छ भन्ने उहाँलाई त्यति हेक्का भएन । केवल सौख कै रुपमा सीमित भयो । 

उहाँ पहिले राजा वीरेन्द्रको राज्य भिषेकमा जनकपुरबाट छनौट भएर काठमाण्डौ आउनु भएको थियो । तर, निरन्तर काठमाण्डौको बसाइ नभएपछि अलि समस्या पर्यो । काठमाण्डौ आएपछि एक जना राजेन्द्र कर्ण भन्ने भाइ भेट भयो । उहाँ पहिलेदेखि काठमाण्डौ बसेको मान्छे । 

कुपण्डोलको साङ स्टुडियोमा उहाँको धेरै पटक आउजाउ भए पनि उनीहरुको आफ्नै गायक तथा संगीतकार भएका कारण खास काम भएको थिएन । 

नेपालको पहिलो ध्वनी इन्जिनियर प्रदिप उपाध्यायले स्टुडियो खोलेपछि भने उहाँहरुलाई तलब दिनेगरी नै काममा राख्नुभयो । सिन्टेकस तथा सानमिगेल बियरको जिंङगल उहाँहरुले बनाउनु भएको हो त्यसबेला । 

राजेन्द्र कर्णले एउटा मैथिली एल्बमको लागि काम गर्न उहाँलाई प्रस्ताव गर्नुभयो । निखिल–राजेन्द्रको पछि एउटा राम्रो संगम भयो र त्यसले धेरै काम पनि गर्यो । 
उहाँले यसरी आठ/ दश वटा एल्बम गर्नु भएको छ । 

उहाँ र एक जना दिपक भट्टराई भन्ने भाइ रेडियोमा स्वर परीक्षाका लागि जानु भएको थियो । उहाँ आफ्नै गीतको कम्पोजिसन बोकेर जानुभयो । उहाँहरु गएर पालो कहिले आउला भनेर प्रतिक्षामा बसिरहनु भएको थियो । 

स्वर परीक्षा लिनेलाई पैसा हुनेले चिया खाजा ख्वायर आफ्नो बनाउँदै पनि थिए । कोही आएर यसो तबला हान्यो फ्याट फुट पार्‍यो सकियो । उहाँ र दिपक भाइ पालो आउला भनेर कुरिरहनु भएको थियो । 

पछि सकियो भन्ने कुरो आएपछि खोइ त हाम्रो पालो भन्दा ए तिमीहरुको बाँकी छ भनेर नाम चेक गरेर हेरियो । उहाँको निखिल नाम त्यति जनजिब्रोको नाम नभएका कारण उच्चारण गर्न पनि गाह्रो भैरहेको थियो । 

त्यस बेलासम्म कुर्दा कुर्दा उहाँको पनि मुड अफ भइसकेको थियो । 
सूर्य जान लाग्यो तर, तिमी आइनौ  
तारा जान लागे तिमी आइनौ 
यो गीत उहाँले खासै राम्रो गाउन सक्नु भएन । 
यसपछि नेपाली एल्बमहरूको पनि अफर आयो उहाँलाई । यस बेलासम्म उहाँ र राजेन्द्रको जोडी जमे कै थियो । 

मैथिली महाकवि विद्यापतिको धुन भएका गीतहरु कम छन् । पहिलेदेखि तीन/चार वटा धुनमा नै उहाँको सबै गीत अटाउने गर्छ । तर, उहाँहरुलाई विद्यापति सिरियल बनाउने अफर आयो । तर, कतै कपिराइटको कुरो उठ्ला कि भनेर पनि उहाँ सचेत हुनुहुन्थ्यो । पछि कुरा मिलेपछि उहाँले काम गर्नुभयो । 

यसको सबै रेकर्ड म्युजिक नेपालमा भएको हो । पहिले पाँच वटा गीत रेकर्डिङको कुरो भए पनि उहाँहरुले एक दुई वटा गीत थप्नु पनि भयो । 

उहाँले आफ्नो गीत रेकर्ड गराए पनि त्यसलाई प्रचार प्रसारका लागि बजारमा भने ल्याउनु भएको छैन । अब भने त्यस्तो सोच बनाउँदै हुनुहुन्छ विश्वास । 

डेस्टिनेशन काठमाण्डौ भन्ने फिल्म दिपक रायमाझीले निर्देशन गर्ने भनेपछि त्यसको टाइटल गीतका लागि उहाँलाई अफर गरियो । उहाँले शब्द संगीत सबै आफ्नै हाल्नु भयो । तर, उहाँ आधुनिक संगीत गरिरहेको मान्छे यो भने हल्का सफ्ट रक प्यार्टनको गीत बन्यो । 
जहाँ शान्त सुन्दर प्रकृति छ जहाँ इश्वरको बास छ 
जहाँ स्वागत छ सत्कार छ बोलीमा मिठास छ 
झरनामा संगीत छ मुहारमा मुस्कान छ 
जाँदैछु त्यही ठाउँमा 
त्यो हो मेरो डेस्टिनेशन काठमाण्डौ   

यसका लागि गायक खोजी गर्ने काम भयो । त्यसबेला स्टिम इन्जिन भन्ने ब्याण्डकी गायिका हुनुहुन्थ्यो विजया । एरेन्जमेण्ट नभइसकेको हुनाले उहाँले क्यासेटमा रेकर्ड गरेर पठाइदिनुभयो । तर, काम भएन ।

दिपक रायमाझीले ड्रिम प्रोजेक्ट भनेको हुनाले पनि उहाँले यसमा धेरै मेहनत गर्नु भयो । गीत अलि हाइ पिचको थियो त्यसै लै त्यस्तै गायकको खोजी भइ पनि रहेको थियो । 
पछि एक जना साथीले शितल मोक्तानलाई गाउन दिन सुझाए । उहाँले भने शिला बहादुर मोक्तानलाई गएर शितल तथा सुबानीमा कसलाई गाउन दिंदा ठिक होला भनेर सोध्नुभयो । उहाँले पनि शितललाई नै सुझाउनु भयो । 

उहाँले आफूले गाएका डमीको सिडी शिलाबहादुरलाई घर पठाइदिनुभयो छोरीको अभ्यासका लागि । शितललाई गाउनका लागि स्टुडियोमा बोलाइयो । शितलले पाँच/छ पटक अभ्यास गर्नुभयो । उहाँलाई चिन्ता भने घाँटी बस्ला भन्ने थियो । तर शितलको भने घाँटी बस्नुको साटो झनझन खुल्दै गयो । यो देखेर उहाँलाई पनि अचम्म लाग्यो । 

दिपक रायमाझीलाई यो चित्त बुझेपछि यसको अंग्रेजी संस्करण पनि गर्ने कुरा आयो । अनि अंग्रेजीमा यो ठिक छ छैन भन्ने जाँच्न एकजना विदेशी जो प्रदिप उपाध्यायको घरमा बस्नुहुन्थ्यो उहाँलाई रेकर्डिङको समयमा राखेर सुनाइयो । उहाँले ठिक छ भनेपछि यो पनि ओके भयो । 

यो गीत सुनाएर दिपक रायमाझीले आफ्नो ड्रिम प्रोजेक्टको निर्माता पाउनुभयो । तर, बिडम्बना फिल्म नबन्दै दिपक रायमाझी बित्नुभयो । नेपाली सिनेमा क्षेत्रले एउटा राम्रो निर्देशक गुमायो । विश्वासले पनि हितैषी गुमाउनु भयो । 

उहाँ संख्यामा भन्दा पनि गुणस्तरमा विश्वास गर्नुहुन्छ यसकारण पनि उहाँको गीत÷संगीत धेरै छैन । केवल दुई/तीन सय नहोला । तर ती स्तरीय छन् । 

उहाँ अहिले दश वटा गीत सहितको एउटा नयाँ एल्बमको तयारीमा पनि हुनुहुन्छ । तर अर्थका कारण काम रोकिएको छ ।