बुद्धम् शरणम् गच्छामी

बुद्धम् शरणम् गच्छामी

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ २३, २०७९

मेरो देशको वैभवता
मेरो देशको उन्नति
हिमालभन्दा माथि–माथि उक्लिएको थियो । 
हामी अंशुवर्मा राजाद्वारा शासित प्रजा थियौ । 
हामी गर्वले शिर ठाडो पारेको थियो । 
हाम्री चेली भृकुटीलाई 
भोटको राजकुमार श्रोङ्चङ्गम्पोसँग 
बिहेबारी गाँसेका थियौँ । 
हाम्रो वैभव ता
संसारको दशौं राष्ट्रमा दरिन्थ्यो
त्यस बैला देखि सिक्काको प्रचलनमा थियो । 
हाम्रो देशलाई नेपाल भन्थ्यौँ 
हाम्रो पहिचान, सँस्कृतिमा गर्व गर्थ्यौँ । 
भृकुटीलाई दाइजोमा हामीले 
‘बुद्ध दर्शन’का
हस्तलिखित चाङका चाङ पठाएका थियौ । 
उतैबाट झाङ्गियो बुद्ध दर्शन
हामी अझै भन्दैछौँ 

बुद्धम् शरणमा गच्छामी 
संघम शरणम् गच्छामी । 

देशभक्त नेपाली हो !
आज तिमीहरुलाई 
राजाको तीतो सत्य
दोहोर्‍याउँदै भन्छु 
राजा भनेको त्यो महानता हो 
जो हाम्रो दुःख सुखमा साथ हुन्थ्यो । 
बिहानी कसैको घरमा आगो बलेको छ कि छैन भनेर
घर–घर चाहर्‍यौँ
कोही भोको छ कि छैन भनेर 
आफ्ना अठ्पहरियाहरु छोड्थ्यो 
सबै प्रजाहरूले छाक टारिसकेको सन्देश पाए पछि
शान्त भएर ढुक्क भएर 
भोजन ज्यूनार गर्थे 
यो विरासतबाट हामी हुर्किएका नेपाली हौँ । 
हामी त्यो राजतन्त्र विरासतबाट
पालित पोषित संरक्षित नेपाली हौँ । 
हामी यसैकारण
राजतन्त्रप्रति गर्व बोध त्यसबेला भएको थियो । 
आजको दक्षिणी छिमेकी कतै नामो निसान थिएन
हाम्रो एतिहासिक विरासत माथि
घात प्रतिघात गरिरहेका 
छिमेकीको पुल्पुल्याईँमा
छिमेकीको लालन पोषणमा
हुर्किएका प्रचण्डहरू 
लिपुलेक, कालापानी, लिम्पियाधुरा माथि
बलात्कृत हुँदै रहँदा 
उनीहरुको मन कहिले दुःख्दैन ।
ती हाम्रा अथाह वैभव शाली भूमिहरू 
छिमेकीले लुटि रहँदा मन दुःख्दै दुख्दैन ।
रात्रौ हजार नेपाली मारिँदा पनि
प्रचण्डहरू 
छिमेकीद्वारा पालित पोसिलो खाना खाएर 
नोयडामा  जेलवाला तेल घसेर 
जुल्फी कोरेर 
नेपालीहरु मारिएको दृश्यमा
सत्ता प्राप्तिको गीत गाइरहेका थिए । 
लड्डु साटासाट बाँडेर 
हर्क बढाइ गरिरहेका थिए । 

हाम्रो वैभवको उचाइका
यसबेला अंशुवर्मा छैनन्
हाम्रो भोक–भोकै को चियो गर्ने 
यसबेला महेन्द्र मल्ल राजा पनि छैनन् । 
छिमेकीले थोपरेको प्रजातन्त्रमा 
यसबेला सय कडौँ कलकारखाना विहीन भएका छौ । 
७० लाख नेपालीहरु काम र मामको खोजीमा
खाडी मुलुकका तातो वालुवा र चर्को घाममा
जीवन लुटाइरहेका छौँ 
पेटमा चारो भर्न भौँतारि रहेका छौँ । 
सत्तरी लाखौंको तादातमा
हामी बाहिरिएका छौ ।
झण्डै–झण्डै त्यतिको  तादातमा
छिमेकीले ल्याएको प्रजातन्त्रमा 
भारतीय नागरिकहरुलाई हुलिरहेका छौँ ।
मेरो छिमेकीलाई, 
शान्ति क्षेत्र घोषित गरियोस
उसलाई पटक्कै मन पर्दैन ।
राजा वीरेन्द्र वंश नै समाप्त पार्छ । 
मेरो छिमेकीलाई 
मदन भण्डारी पटक्कै मन पर्दैन । 
पाकिस्तान टुक्राएकोमा सहमति माग्छ ।
आनाकानीमा राजा महेन्द्र सिद्याइन्छ 
र अको जातोले छ्याप छ्याप्ती 
मेरो देशको शासन चिथ्रा चिथ्रा भएको छ । 
यसबेला नेपालका घर–घरमा 
रअ छ्याप्छ्याप्ती भएको छ । 
हो ! रअ छ्याप्छ्याप्ती भएको छ ।
देशभक्त नेपालीहरु हो !
हाम्रो ऐतिहासिक विरासत
हाम्रो वैभव ता
हामीले नै चलाउने हो 
हाम्रो स्वाधिनता
हाम्रो राष्ट्रियता हामीले नै वचाउँने हो । 
नोयडामा बसेर 
जनयुद्धको नाममा देश घात गर्नेहरुको विरुद्ध
छिमेकीको हस्तक्षेप विरुद्ध
हामीले आफूमा
राष्ट्र र राष्ट्रियता भरौँ 
हाम्रो स्वतन्त्रता
हाम्रो राष्ट्र धरोहरको संरक्षणमा
आउ हामी नेपालीहरु हो 
एकीकृत हौ 
आउ हातेमालो गरेर देश बचाउ ।
 

डुमरवना, बारा
२०७७ फाल्गुण १६