कांग्रेसले स्थानीय तहमा ४४ प्रतिशत जितेको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनको पूर्ण पाठसहित)

कांग्रेसले स्थानीय तहमा ४४ प्रतिशत जितेको प्रतिवेदन सार्वजनिक  (प्रतिवेदनको पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २६, २०७९

काठमाडौँ । नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो मातहतको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दावी प्रस्तुत गरेको हो । 

‘कुल ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा विजय (१८८ अध्यक्ष र र १४१ प्रमुख), जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउँछ, ’ प्रतिवेदनमा भनिएको छ, ‘कुल ७५२ स्थानमध्ये उपप्रमुख पदमा ३०० स्थानमा विजय (१९० उपाध्यक्ष र ११० उपप्रमुख), जुन कुल स्थानको ४४ प्रतिशत हुन आउँछ ।’

कार्यकारी पदको १५०४ मध्ये ६२९ स्थानमा नेपाली कांग्रेस रहेको र जसको ४२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनको पूर्ण पाठ