ऋतु आशिक | साहित्य | असार ०४, २०७९
प्रधानमन्त्री महोदय !
राष्ट्रलाई भ्रष्टाचारको अखडा बनाएर
भ्रष्टाचार माथि ओथारा बसिरहेका छौ ।
हिजोको तिम्रो विरासत
हामीले छर्लङ्ग देखेका थियौँ ।
तिम्रो प्रिय साथीले
तिम्रो मलद्वार सफा गरेको कथा
काठमाडौँ झापा हुँदै देश–देशाटन चहार्दै छ ।
ती झझल्को अझै हामीसँग ताजै छ ।
एनसेल प्रकरणमा
राष्ट्रको सम्पत्ति माथिको दोहन
एनसेल घरको ज्वाइँ बनेर
मेजमानीमा अरबौं स्वार्थका गन्ध आएको छ ।
राष्ट्रप्रति घातको दृश्यमा हामी साक्षी भएका छौ ।
वाइडवडी प्रकरण, वालुवाटार प्रकरणको
कात्रोमा लपेटिएको कमिसनको पुर्पक्षमा
तिमी उभिएको प्रष्ट देखेका छौ ।
तिम्रो घृणित पुर्पक्ष हामीले सुनेका छौ ।
कम्युनिष्ट नाम धारी गुण्डाको भेषमा
सांसद भवन कब्जा गरेको बिर्सिएका छैनौं ।
महाकाली भारतलाई सुपुर्दगी को लागि
दिन भने नौं रात भनेनौँ ?
वर्षेनी एक अरब बीस करोड भन्थे उ त
वर्षेनी उठ्ने त्यो रकम कहाँ छ ?
कता लुकाएका छौ ?
हिम्मत छ त्यो रकम कता छ ?
हाम्रो स्वाभिमानको धरोहर
लिपुलेक, लिम्पियाधुरा कालापानी माथिको वर्चश्व
संसदबाट पास गराएर के भयो त ?
पुस्तकहरुमा नक्सा अलपत्र पारेको कुरा
नेपाली जनतालाई भन्न सक्छौ ?
संसदलाई बन्धकी राखेर,
संसद तिम्रो भोग्य धारी वेश्या होइन ।
छिमेकीद्वारा लेण्डुपेको तथास्तु पाएका छौ ।
राष्ट्रघाती विभीषण ओढेर
मूतको न्यानोमा आफूलाई चुर्लुम्म डुबाएर
देशघात माथि देशघात पस्किएर
दोस्रो लेण्डुपेमा रुपान्तरित भएका छौ ।
तिमी जहाँ बसेका थियौ
कुनैबेला बाबै मनमोहन अधिकारी थिए ।
एउटा असल देशभक्त
कम्युनिष्टको पदचाप छोडेर गएका थिए ।
उहाँसँग जीवनको सादगी कहिले सिकेनौँ ?
कम्युनिष्ट आचरण पालना गर्दै गरेनौ ?
डन र तस्करी बिचौलियाको
यस्तै यस्तै आफूलाई बेर्यौ
कम्युनिष्ट भनेको कोशी नदी हो
कम्युनिष्ट भएर कहिले बग्न जानेनौँ ?
तिमी जे थियौ
तिमीले त्यही सिक्यौ
होली वाइनमा चुर्लुम्म डुबेर
डलरमा र्याल चुहायौ
देशलाई असरल्ल बनायौ
देशलाई युद्धको क्रिडास्थल बनायौ ।
कम्युनिष्ट पदावलीको कहिले
सम्मान गरेनौ ।
म पटक–पटक भन्छु,
कम्युनिष्टको बर्को ओढ्दै मा
कोही कम्युनिष्ट हुँदैन ।
हा ! म पटक–पटक भन्छु
कम्युनिष्टको बर्को ओढ्दै मा
कोही कम्युनिष्ट हुँदैन ।
डन र तस्करीको घेरामा
स्वर्गानुभूति महसुस गरेउ
विचौलिया र माफियाको
मूतको न्यानो खोज्यौ
जे–जे नगर्नु थियो त्यो गरेउ ।
जे जे गर्नु थियौ त्यो गरेनौ ?
यी सबै घृणित कार्य तिमीबाट भएको छ ।
यी सबै कम्युनिष्टको बर्को ओढेर भएको छ ।
यसैले,
प्रधानमन्त्री ! म तिमीलाई घृणा गर्छु ।
तिमी भ्रष्टाचारी हौ
तिमी देशद्रोही हौ
अझ इतिहास पढेका छौ भने
गजराज मिश्रको दोस्रो संस्करण हौ ।
म मेरो देशसँग तिमीलाई
मृत्युदण्डको माग गर्दछु ।
म तिमीलाई देशद्रोही घोषणा गर्छु ।
देशभक्त जनता हो !
मेरो आवाज सुन !
महान् पृथ्वीनारायण शाह !
राष्ट्र निर्माताप्रति नतमस्तक हुँदै
ती महान कम्युनिष्टको आदर्श पछ्याउँदै भन्छु
प्रधानमन्त्री !
म तिमीलाई मृत्युदण्डको माग गर्दछु ।
२०७९ जेष्ठ २५, तरहरा, सुनसरी