लोकसंवाद संवाददाता | समाचार | असार १९, २०७९
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ ।
आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरी जम्मा ४ सय ४३ जना प्रहरी सहायक निरिक्षक लागि भर्ना खुलाएको हो । साथै, २ हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको छ ।
गत २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना प्रहरी सहायक निरिक्षक माग गरेको भए पनि त्यसमा ७६ जना थप गरी ४ सय ४३ जना माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
यसैगरी, गत २०७८ मङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको भए पनि आइतवार भने नेपाल प्रहरीले त्यसमा ५ सय ३ जना थप गरी २ हजार ४ सय ७४ जना प्रहरी जवान भर्नाका लागि माग गरेको छ ।