लोकसंवाद संवाददाता | कारोबार | असार १९, २०७९
प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलब ०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८ दशमलब ७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको शेयर कारोबार भएको छ ।
बरुण हाइड्रोपावरको ४ हजार ७१० रुपैयाँको शेयर कारोबार हो । १० कित्ता मात्र शेयर कारोबार भएको छ । यसको भाउ ९ रुपैयाँले बढेको छ ।