लोकसंवाद संवाददाता | समाचार | जेठ ११, २०७६
काठमाडौ । नेपाल लोकतान्त्रीक पार्टीद्धरा आयोजित १५ वटा पार्टीको बैठकले शक्तिशाली पार्टी तथा संयुक्त मोर्चा निर्माण आजको आवश्यकता भएकाे निचोडममा पुगेका छन् ।
नेपाल लोकतान्त्रीक पार्टीका महासचिव तथा प्रवत्ता देवबहादुर दुराले दिएको जानकारी अनुसार नेपाल लोकतान्त्रीक पार्टी संयुक्त मोर्चा निर्माण गर्ने उद्देश्यले पार्टीका बरिष्ठ नेता शिवलाला थापको संयोजकत्वमा वार्ता समिति निर्माण गरेको उक्त समितिको आयोजनमा मुलुकमा क्रियाशील १५ वटा पर्टीको बैठक आयोजना गरिएको थियो । उक्त बैठकल सहभागि भएका १५ वटै दलहरु औपनिवेशिक राज्य नेपालको सन्दर्भमा यहाँका स्वतन्त्र जनसमूहहरुले भोग्ने उत्पीडन, वर्षौं देखि भोग्दै आएका दमन तथा विभेद र उच्च जात(वर्ण) अहंकारको दवदवाले ‘राष्ट्रिय उत्पीडनको सवाल’ राष्ट्रिय मुक्ति आन्दोलनमा प्रखर हुँदै आएकाको कुरामा सहमत रहको समेत जानकारी दिइएको छ ।
उक्त भेलाले ‘राष्ट्रिय शक्तिहरु ऐतिहासिक रुपमा राज्य प्रायोजित विभेद र उत्पीडनबाट प्रताडित हुँदै आएका जाति—वर्गका जनताहरुको व्यक्तिगत एवम् समूहगत (राष्ट्र-राष्ट्रियताको) स्वायत्तता र सार्वभौमिकतालाई अक्षुण राख्दै त्यसको जगमा स्वतन्त्रता, समानता तथा आत्मगौरव स्थापनार्थ संयुक्त मोर्चा गठन मार्फत औपनिवेशिक राज्य विरुद्ध राष्ट्रिय संघर्षको अगुवाई गर्ने प्रतिवद्धता जनाएका छौ’ समेत जनाएको प्रवक्ताले जानकारी दिएका छन ।
भेलामा राष्ट्रिय जनता पार्टी(राजपा),सामाजिक लोकतान्त्रीक पार्टी,संघीय लिम्बुवान पार्टी, सामाजिक लोकतान्त्रीक पार्टी, संघीय लोकतान्त्रीक राष्ट्रिय पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, आदिवासी जनजाति पार्टी,नेवा रािष्ट्रय पार्टी, खसान संयुत्त संघर्ष समिति, राष्ट्रिय समाजवादी पार्टी नेपाल , मङ्गोल नेशनल अर्गनाइजेशन, चुरेभावर लोकतान्त्रिक पार्टी, पिपुल एक्शन पार्टी, राष्ट्रिय एकता पार्टी लगायतको सहभागिता रहेको थियो ।
भेलाले चाँडै दुइपक्षी र बुहपक्षीय बर्ता गरी मुलुमा बैकल्पीक शक्ति निर्माणको लागि तत्काल मोर्चा गठन गर्ने विषयम अग्रसर हुने निर्णय भएको पनि भेलाले गरेको नेपाल लोकतान्त्रीक पाटीका प्रवत्ता दुराले जानकारी दिनुभएको छ ।