दाङ-काडमाडौं सम्पर्क मञ्चद्वारा मन्त्रीद्वयलाई सम्मान

दाङ-काडमाडौं सम्पर्क मञ्चद्वारा मन्त्रीद्वयलाई सम्मान

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २१, २०७९

काठमाडौँ ।  दाङ-काडमाडौं सम्पर्क मञ्चले संघीय सरकारका नव नियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीलाई सम्मान गरेको छ ।

नेकपा एकीकृत समाजवादी सम्वद्ध दाङ-काठमाडौँ सम्पर्क मञ्चले राजधानीमा आइतबार आयोजनामा गरेको कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री मेटमणि चौधरीले समय र सिमित बजेटको सिमा बीच पनि इमानदार भएर काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो  । 'देश र जनतालाई केन्द्रमा राखेर सकेजति काम गर्नेछु ।' उहाँले भन्नुभयो  । 

त्यसैगरि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले मन्त्रालयमा ब्यथितिको चाङ रहेको तर पनि आफूले देश, जनता र पार्टी कार्यकर्ताको साख गिर्न नदिने बताउनुभयो  ।

प्रमुख अतिथि एवं सम्पर्क विभागका इञ्चार्ज तथा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य विजय गुरुङले सहयोद्धाद्वय मुलुकको मन्त्री बनेको क्षण निकै आनन्ददायी भएको भन्दै दुवै मन्त्रीको कार्यकाल सफल हुनेमा विश्वास समेत ब्यक्त गर्नुभयो  ।

मन्तव्यकै क्रममा संगठन विभागका सचिव लक्ष्मण केसीले लामो संघर्षबाट स्थापित नेताहरु मन्त्री बन्नु भएकाले उचित ढंगले काम हुने अपेक्षा ब्यक्त गर्नुभयो । 

केन्द्रीय प्रचार विभाग सदस्य सूर्य बिसीको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सहइञ्चार्ज कल्पना माण्डबी,  शुसिला न्यौपाने
लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । मञ्चका सचिव सुवास बिश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष अनिल आचार्यले मन्त्रीहरुको अब परिक्षा सुरु भएको धारणा राख्नुभएको थियो ।