महासचिव छान्न प्रचण्डलाई सकस :केन्द्रीय सदस्यको भन्दा अध्यक्षको 'निगाह'को भर पर्दा पेचिलो

महासचिव छान्न प्रचण्डलाई सकस :केन्द्रीय सदस्यको भन्दा अध्यक्षको 'निगाह'को भर पर्दा पेचिलो

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २२, २०७९

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी तत्काल टुंगो लगाउनुपर्ने दबाब बढ्दो  छ । केन्द्रीय समिति बैठकमा तत्काल स्थायी कमिटी र पोलिटब्युरो टुंग्याएर पदाधिकारी संघीय र प्रदेश निर्वाचनपछि टुंगो लगाउने प्रचण्डको मनसाय थियो ।

तर बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंग्याउनुपर्ने दबाब आएपछि प्रचण्डले मंगलबार बैठक स्थगित गरेर पूर्व स्थायी कमिटीको विस्तारित बैठक राखे । जसमा उनले पदाधिकारी चयनका विषयमा छलफल गरेका छन् । 

पूर्वनिर्धारित कार्यतालिका अन्तर्गत मंगलबार उनले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । त्यसैले उनले मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएका थिए । केन्द्रीय समितिको बैठक बुधबार १ बजेलाई सारेर पदाधिकारीका विषयमा छलफल सुरु गरे पनि टुंगो लाग्न सकेको छैन । 

गत मंसिरमा महाधिवेशन गरेको माओवादीले अहिलेसम्म पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो बनाउन सकेको छैन । यसपटकको केन्द्रीय समिति बैठकमा पदाधिकारीसहित सबै जिम्मेवारी टुंगो लगाउनुपर्ने दबाब आएपछि प्रचण्ड सहमति खोज्न लागेका हुन् ।

सहमति नभए मतदान बाटै भए पनि पदाधिकारी टुंगो लगाउनुपर्ने नेताहरुको दबाब छ । बुधबार प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पनि नेताहरुले पदाधिकारी र पार्टीका अरु संरचना टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । 

उनले धेरै आकांक्षीलाई व्यवस्थापन गर्न सक्नेछन् । तर सबैभन्दा बढी पेचिलो विषय महासचिव पदमा रहँदै आए छ । अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको सशक्त दाबी रहेको छ भने  दुई नेताबीच सहमति नबनेमा पम्फा भुसाल, देव गुरुङ, शक्ति बस्नेत पनि दाबेदारका रुपमा देखा परेका  छन् । 

एक स्थायी कमिटी सदस्यले भने, ‘यसपटक जसरी पनि पदाधिकारी टुंगो लगाउनुपर्ने आवाज उठेको छ । पदाधिकारी चयनका विषयमा सहमति नजुटे केन्द्रीय समिति निर्माण गरे जसरी नै पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी बनाउनुपर्छ भन्ने साथीहरुको सुझाव थियो ।’

पदाधिकारी टुंगो लगाउनुपर्ने दबाब आएपछि प्रचण्डले सहमति गर्न र मतदानमा जान नहुने प्रस्ताव राखेका छन् । जसमा पूर्व स्थायी कमिटीका सबै नेताहरु सहमत छन् । बैठकमा सहमतिबाट पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चयन गरेर अघि बढ्ने सहमति भएको ती नेताले जानकारी दिएका छन्  । 

प्रचण्डलाई पदाधिकारी चयनमा सहजता के छ भने पदाधिकारीको संख्या निश्चित गरिएको छैन । त्यसैले उनले चाहेअनुसार पदाधिकारी चयन गर्न सक्नेछन् । महाधिवेशनमा प्रस्तुत विधान संशोधनमा १५ जना पदाधिकारी हुने भनिए पनि पास गर्दा आवश्यकताअनुसार पदाधिकारी चयन गर्ने उल्लेख गरिएको छ ।

त्यसैले उनले धेरै आकांक्षीलाई व्यवस्थापन गर्न सक्नेछन् । तर सबैभन्दा बढी पेचिलो विषय महासचिव पदमा रहँदै आए छ । अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको सशक्त दाबी रहेको छ भने  दुई नेताबीच सहमति नबनेमा पम्फा भुसाल, देव गुरुङ, शक्ति बस्नेत पनि दाबेदारका रुपमा देखा परेका  छन् । 

मंगलबारको बैठकमा शर्माले महासचिवमा आफू दाबेदार रहेको आशय सहित आफ्नो धारणा राखेका थिए । महासचिवकै अर्का दाबेदार पुनले भने अध्यक्षको प्रस्तावलाई आफूले स्वीकार गर्ने बताएका थिए । 

शर्मा र पुनमध्ये एकलाई ल्याउँदा अप्ठ्यारो पर्ने अवस्था भएमा उनले दुवै जनालाई नल्याएर तेस्रो नेतामा जानसक्ने समेत बताइएको छ । जसको संकेत प्रचण्डले मंगलबारको पूर्व स्थायी कमिटीका सदस्यसँगको छलफलमा समेत गरेका छन् । तर उनले कसलाई ल्याउँछन् भन्ने चाहिँ प्रचण्डको निगाह प्राप्त हुन्छ त्यसपछि मात्रै थाहा हुनेछ । 

बुधबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यसअघि केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्नेछ । सोही बैठकमा प्रचण्डले प्रस्ताव ल्याउनेछन् । सोही बैठकबाट फाइनल गरेर केन्द्रीय समितिमा प्रस्ताव लगिनेछ । 

संगठन सम्बन्धी प्रस्ताव पेस गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ । सोही कारण पदाधिकारी संख्या टुंगो लगाएर सोही अनुसार नेताहरुलाई जिम्मेवारी दिनेछन् । अध्यक्षमा प्रचण्ड यसअघि नै चयन भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठले आफ्नो स्वभाविक दाबेदार रहँदै आएपनि  मंगलबारको बैठकमा कृष्णबहादुर महरा र मातृका यादवले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् ।

यादवले आफू वरिष्ठ उपाध्यक्षमा चुनाव लड्न समेत तयार रहेको बताएका छन् । नारायणकाजी श्रेष्ठ समूहसँग एकतादेखि नै सम्बन्ध त्यति राम्रो नभएका यादवले यसपटक पनि श्रेष्ठलाई चुनौती दिने सम्भावना छ ।

यसबाहेक उपाध्यक्षमा गणेश साह, पम्फा भुसाल, देव गुरुङ, लिलामणि पोखरेल सहितका नेताहरु अटाउन सक्नेछन् । महासचिवका दाबेदार मध्ये एक जना उपाध्यक्ष र एक जना महासचिव बन्ने सम्भावना पनि

शर्मा र पुनमध्ये दुवै जना महासचिव नभए उनीहरु दुवै जना उपाध्यक्ष बन्ने सम्भावना पनि छ । उप महासचिवमा गिरिराज मणि पोखरेल, शक्ति बस्नेत, हरिबोल गजुरेल सहितका नेताहरुको दाबी गरिरहेका छन् । पदाधिकारी चयनमा कठिन परेको माओवादीमा स्थायी कमिटी र पोलिटब्युरोमा भने सहमति नजिक पुगेको बताइएको छ ।