भारतीय लोकसभा निर्वाचनमा जसको खाता खुलेन

भारतीय लोकसभा निर्वाचनमा जसको खाता खुलेन

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०७६

काठमाडौं, एजेन्सी । भर्खरै सम्पन्न भारतीय लोकसभा निर्वाचनको मत परिणामले भाजपालाई पुनः सत्ताको बगडोर सम्हाल्ने अवसर प्रदान गरेको छ । तर सन् २०१४को निर्वाचनमा कमसेकम आफ्नो उपस्थितिसम्म देखाएका ८ वटा क्षेत्रीय दलले भने यस पटकको निर्वाचनमा आफ्नो खातासम्म खोल्न सकेनन् ।

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवको आरजेडी, हरियाणाको आइएनएल, महबुबा मुफ्तीको पीडीपी, पूर्व केन्द्रीय मन्त्री उपेन्द्र कुशवाहाको रालोसपा तथा राजु शेट्टीको स्वाभिमानी पक्षले यो निर्वाचनमा आफ्नो उपस्थिति देखाउन सकेनन् । 

लालु यादवको आरजेडीले बिहारको ४० सीटमध्ये १९ सीटमा चुनाव लडेको थियो । लालुका छोरा तेजस्वी यादव, छोरी मीसा भारती तथा सम्धी चन्द्रिका राय कसैले पनि आरजेडीको नामलाई लोकसभामा दर्ता गराउन सकेनन् । यसअघि २०१४ को निर्वाचनमा आरजेडीले ४ सीटमा विजय हासिल गरेको थियो । 

भाजपाबाट अलग भएर आरजेडीसँग गठवन्धन गरेका पूर्व केन्द्रीय मन्त्री उपेन्द्र कुशवाहाको रालोसपा पार्टीले पनि आफ्नो खाता खोल्न सकेन । यसअघि २०१४ को लोकसभा निर्वाचनमा एनडीए गठवन्धनमा सामेल हुँदै रालोसपाले ३ सीटमा विजय हासिल गरेको थियो । 

हरियाणाका पूर्व मुख्यमन्त्री देवीलाल चौटालाको इनेलो पार्टी तथा इनेलोबाट अलग भएर गठन भएको जेजेपीले पनि कुनै सीट जित्न सकेन । २०१४को निर्वाचनमा हरियाणाको १० सीट मध्ये इनेलोले २ सीटमा विजय हासिल गरेको थियो । 

जम्मु काश्मिरको  पूर्व मुख्यमंत्री महबुबा मुफ्तीको पार्टी पीडीपीले पनि २०१९को लोकसभा निर्वाचनमा एक सीट पनि जित्न सकेन् । । 
महबुबा मुफ्ती स्वयंले पनि अनंतनाग चुनाव क्षेत्रबाट पराजय व्यहोरिन् ।  २०१४को लोकसभा निर्वाचनमा महबुबाको पार्टीले जम्मु काश्मिरको ६ सीट मध्ये ३ सीटमा विजय हासिल गरेको थियो । 

राजू शेट्टीको पार्टी स्वाभिमानी पक्षले पनि यस निर्वाचनमा खाता खोल्न सकेन् । पछिल्लो २०१४को लोकसभा निर्वाचनमा भने स्वाभिमानी पक्षले एक सीटमा चुनाव जितेको थियो । 
त्यस्तै  तमिलनाडुको पीएमके, पुड्डुचेरीको अल इंडिया एन–आर कांग्रेस तथा सिक्किम में पवन चामलिंगको  पार्टी एसडीएफले पनि खाता खोल्न सकेनन् । यी सबै पार्टीले २०१४ को चुनावमा एक एक सीट जितेका थिए ।