सुदुरपश्चिम: बजेट संशोधनको प्रतिबद्धता माग गर्दै  छलफलमै नबस्ने सत्तारुढ दलका सांसदको अडान

सुदुरपश्चिम: बजेट संशोधनको प्रतिबद्धता माग गर्दै  छलफलमै नबस्ने सत्तारुढ दलका सांसदको अडान

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७९

 

कैलाली । सुदुरपश्चिम सरकारले ल्याएको बजेट अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध गरेका छन् । बजेटलाई संशोधन नगरेसम्म संसदमा छलफल नै अघि नबढाउने उनीहरूको चेतावनी छ । 

सत्तारुढ दलका सांसद एवं सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले एकतर्फी रुपमा बजेट ल्याएको आरोप लगाए । उनका साथै सामाजिक राज्यमन्त्री टेकबहादुर रोकाले पनि बजेट सुधार नगरी छलफल अघि नबढ्ने बताएका छन् । 

सरकारमा सामेल नेकपा माओवादी केन्द्रबाहेक सत्तारुढ कांग्रेस र नेकपा एकीकृत समाजवादीले समेत बजेटको विरुद्ध गर्दै आएका छन् । 

बजेटमाथि छलफल गर्नेगरी आज बिहान ८ बजेका लागि संसद बेलाइएको थियो । तर, सत्तारुढ दलहरूबीचकै असमझदारीका कारण स्थगित भएको छ । अहिले ३ बजेका लागि फेरी संसद बोलाइएको छ ।