७ दर्जन शीर्षकमा अनुसन्धान, ७ दर्जन नै पुस्तक प्रकाशन

७ दर्जन शीर्षकमा अनुसन्धान, ७ दर्जन नै पुस्तक प्रकाशन

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार ३०, २०७९

नेपाल प्रज्ञा-प्रतिष्ठानले आर्थिक वर्ष २०७७/०७८ मा अध्ययन, अनुसन्धानतर्फ ८४ वटा शीर्षकमा अनुसन्धान कार्यका निम्ति सम्झौता भई अधिकांश कार्य सम्पन्न भएका छन् । यस आ.व. मा पुन: प्रकाशन र नयाँ प्रकाशनका निम्ति निर्णय भएका ९५ वटा पुस्तकमध्ये अधिकांश प्रकाशन भइसकेका छन् । यसैगरी नियमित रूपमा प्रकाशन हुने गरेका पत्रपत्रिकाका सम्बन्धित अङ्कहरू प्रकाशन भइरहेका छन् । यस सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठानले आ.व. २०७७/०७८ मा सम्पन्न गरेको अध्ययन, अनुसन्धानसँग सम्बन्धित यी कार्यहरू सम्पन्न गरेको देखिन्छ ।

भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागबाट यस आ.व.मा ३ वटा अध्ययन, अनुसन्धान कार्यहरू सम्पन्न भएका छन् । डा. बलराम प्रसाईंले ‘प्रज्ञा नेपाली-अङ्ग्रेजी शब्दकोश २०७०’को संशोधन तथा परिमार्जन गर्नुभएको छ भने डा. सिर्जना उप्रेतीले ‘प्रज्ञा नेपाली-अङ्ग्रेजी शब्दकोश’का शब्दावलीलाई कोशीय ढाँचामा लैजाने कार्य सम्पन्न गर्नुभएको छ । यसरी नै राधा पौडेल र देवीप्रसाद गौतमले ‘कर्णाली क्षेत्रमा प्रचलित खस भाषाका उखान टुक्काहरू’बारे अध्ययन कार्य सम्पन्न गर्नुभएको छ ।

भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागबाट यस आ.व.मा एउटा पुस्तक गङ्गाप्रसाद उप्रेतीको निर्देशनमा प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेश भट्टराई र डा. प्रेमप्रसाद चौलागाईं लेखक रहनुभएको ‘नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन भएको देखिन्छ ।

संस्कृति विभागबाट यस आ.व.मा ७ वटा अध्ययन, अनुसन्धानका कार्यहरू सम्पन्न भएका देखिनछ । पुरुषोत्तम चौधरीले ‘थारू जातिको अभिचार पद्धति : एक अध्ययन’, डा.माधवप्रसाद लामिछानेले ‘तलेजुको सांस्कृतिक अध्ययन’, विष्णु प्रभातले ‘नेपाली संस्कृतिको विवेचना’, विष्णुकुमार सिन्जालीले ‘मगरात स्थान: एक परिचय’, विष्णुदेवी पोखरेलले ‘नेपालमा कटुवाल प्रथा’, चन्द्रकुमार राईले ‘सांस्कृतिक समन्वयको प्रतीक : छिन्ताङ भगवती’ र प्रा.डा. गोपाल पोखरेलले ‘खस-बाहुनको थातथलो’ विषयमा अध्ययन, अनुसन्धान कार्य सम्पन्न गर्नुभएको छ ।

प्रकाशनतर्फ यस आ.व.मा संस्कृति विभागबाट ४ वटा पुस्तक प्रकाशन भएका छन् । पूरनसिंह दयालको ‘खपर्‍या एवम् देवताहरूबीचको द्वन्द्व र सृजित विभेद’, डा. रामदयाल राकेशको ‘वैश्य समुदायको मानवशास्त्रीय अध्ययन’, प्रा.डा. मुकुन्दराज अर्यालको ‘पौरस्त्य संस्कृतिमा प्रकृति संरक्षण’ र शान्ता मानवीको ‘लुम्बिनी प्रदेशको तराई क्षेत्रका लोपोन्मुख समुदायको सांस्कृतिक अध्ययन’ पुस्तक यस आ.व.मा संस्कृति विभागबाट प्रकाशन भएका पाइन्छ ।

दर्शनशास्त्र विभागबाट पनि यस आ.व.मा विभिन्न विषयमा ७ वटा अध्ययन, अनुसन्धान कार्य सम्पन्न भएका पाइन्छ । विष्णुप्रसाद शर्माले ‘कर्णाली प्रदेशमा प्रचलित दर्शन परम्परा’,  डा. विज्ञान भिक्षु (विमलकुमार सुवेदी)ले ‘पौरस्त्य दर्शनमा शून्यवाद’, प्रा. डा. कृष्णचन्द्र शर्माले ‘नेपालमा नाथ योगदर्शनको परम्परा’, डा. गिरधारी दाहालले ‘चार्वाक दर्शन र नेपालमा यसको प्रभाव’, केशवशरण अर्यालले ‘वैशेषिक सूत्रको विवेचनात्मक व्याख्या’, आचार्य नुर्बु शेर्पाले ‘नेपालमा बौद्ध महायान परम्परा’ र डा. बेदुराम भुसालले ‘पाश्चात्य दर्शन’ विषयमा अध्ययन, अनुसन्धान कार्य सम्पन्न गर्नुभएको छ ।

प्रकाशनतर्फ यस आ.व.मा दर्शनशास्त्र विभागबाट ५ वटा पुस्तक प्रकाशित छन्, जसमा डा. बेदुराम भुसालको ‘वैदिक समाज र दर्शन’, गोपीरमण उपाध्यायको ‘वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन’, अशोकविक्रम जी.सी. ‘समीर सिंह’को ‘साङ्ख्य र माक्र्सवादी दर्शनको तुलनात्मक अध्ययन’, शीतल गिरी र डा. भक्त राईको ‘साङ्ख्य दर्शनदेखि सत्यहाङ्मा पन्थसम्म’ र प्रा. पद्मप्रसाद भट्टराईको ‘रामानुजाचार्यको विशिष्टाद्वैतदर्शन’ छन् ।

यसरी नै सामाजिक शास्त्र विभागबाट यस आ.व.मा ८ वटा विविध विषयमा अध्ययन, अनुसन्धान कार्यहरू सम्पन्न भएका पाइन्छ । शशी थापा पण्डितले ‘मल्लकालिक नेपालमा नारीको सामाजिक अवस्था’, प्रा. डा.सर्वराज आचार्यले ‘भानुभक्तका जीवनीका मतान्तरको तुलनात्मक विष्लेषण’, डा. महेशराज पन्तले ‘नेपालमा लिच्छवि शासन’, डा. पासाङ शेर्पाले ‘नुब्री जातिको समाजशास्त्रीय अध्ययन’, क्ष्तििज सुब्बाले ‘मुन्धुममा समाज विकास र आर्थिक दर्शन समाजशास्त्रीय अध्ययन’ सम्पन्न गर्नुभएको छ ।

यसैगरी यसै आ.व.मा भरतबन्धु थापाले ‘तस्बीरमा नेपाल’, प्रा.डा. प्रेमकुमार खत्रीले ‘नेपालका जातीय सामाजिक संस्कार’ र डा. ऋषिराम अधिकारीले ‘चेपाङ जातिमा आएको धार्मिक तथा सांस्कृतिक परिवर्तन’ विषयमा अध्ययन, अनुसन्धान कार्य सम्पन्न गर्नुभएको देखिन्छ ।

यस आ.व.मा यस विभागबाट प्रा.डा. प्रेमकुमार खत्रीको ‘नेपालका जातीय सामाजिक संस्कार’ भाग- ७ र भोजविक्रम बुढामगरको ‘प्युठानका कोटहरूको अध्ययन’ २ वटा पुस्तकहरू प्रकाशित छन् ।

भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट यस आ.व.मा ६ वटा विभिन्न विषयमा अध्ययन, अनुसन्धान कार्यहरू सम्पन्न भएका देखिन्छ । यस विभागबाट प्रा.डा. नोवलकिशोर राई र पदम राईले ‘बान्तवा र नेपाली भाषाका संयुक्त क्रियाको व्यतिरेकी अध्ययन’, डा. दुविनन्द ढकालले ‘नेपालमा बोलिने भाषा अभिलेखीकरणको स्थिति’, गीता खनालले ‘डगौँरा चितौनिया र सप्तरिया थारू भाषाका क्रिया रूपावलीको तुलनात्मक अध्ययन’ कार्य सम्पन्न गर्नुभएको छ ।

यसरी नै यसै विभागबाट यस आ.व.मा डा. तारामणि राईले ‘कोयी-नेपाली-अङ्ग्रेजी शब्दकोश’, सूर्यप्रसाद यादवले ‘मैथिली भाषाको समाज भाषावैज्ञानिक पक्षको अध्ययन’ र अमृत योन्जनले ‘तामाङ भाषाका क्षेत्रीय भेदहरूको अनुसन्धान र मानकीकरण’ विषयमा अध्ययन, अनुसन्धान कार्य सम्पन्न गर्नुभएको पाइन्छ ।

यस आ.व.मा भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट प्रधानसम्पादक प्रा.डा. योगेन्द्रप्रसाद यादव र सम्पादक डा. कर्णाखर खतिवडा रहनुभएको ‘मातृभाषाको रूपरेखा’ (भाग २) प्रकाशन भएको छ ।

साहित्य (पद्य/काव्य) विभागबाट यस आ.व.मा विभिन्न विषयका ६ वटा अध्ययन, अनुसन्धान कार्यहरू सम्पन्न भएका पाइन्छ । यस विभागबाट देवकुमारी लुइँटेलले ‘नेपाली नारी छन्दकवि र कविता’, प्रदेश १ प्रा.डा. भोलानाथ पोखरेल, मधेस प्रदेश तोयाराज घिमिरे, बाग्मती प्रदेश डा. गीता त्रिपाठी, गण्डकी प्रदेश प्रा.डा. यदुनन्दन ढकाल, लुम्बिनी प्रदेश डा. विन्दु शर्मा, कर्णाली प्रदेश प्रा. जगत्प्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेश श्यामसुन्दर ढकाल र डा. बद्रीप्रसाद शर्मा विनाडीले संयोजन गर्नुभएको ‘नेपाली कविताको प्रादेशिक इतिहास’, वासुदेव अधिकारीले ‘प्रज्ञा नेपाली गीति कविता’, डा. ढुण्डिराज पहाडीले ‘नेपाली कवतिामा गणतान्त्रिक चेतना’ विषयमा अध्ययन, अनुसन्धान सम्पन्न गर्नुभएको छ ।

यसैगरी यसै आ.व.मा यस विभागबाट रम्भा पौडेल र लक्ष्मण ज्ञवालीले ‘कवि लेखनाथ ज्ञवालीका कविता/काव्यहरू’को सङ्कलन र सम्पादन र श्यामप्रसाद ढुङ्गानाले ‘कवि भेषजराज शर्माका प्रतिनिधि कविता’ अध्ययन, अनुसन्धान सम्पन्न गर्नुभएको पाइन्छ ।

यस विभागबाट यस आ.व.मा ज्ञानु अधिकारीको ‘समकालीन नेपाली कवितामा पहिचानको स्वर’, प्रा.डा. लक्ष्मणप्रसाद गौतमको ‘आधुनिक नेपाली छन्दकवितामा युगीन यथार्थ’, देवकुमारी लुइटेल ‘देबु’को ‘नेपाली नारी छन्दकवि र कविता’ र डा. विन्दु शर्माको ‘समकालीन नेपाली कवितामा समावेशीकरण’ शीर्षकका ४ वटा पुस्तक प्रकाशन भएका छन् ।

साहित्य (अनुवाद) विभागबाट यस आ.व.मा विविध विषयमा १० वटा अध्ययन, अनुसन्धान र अनुवादका कार्यहरू सम्पन्न भएका पाइन्छ । प्रा.डा. कृष्णचन्द्र शर्माले ‘गुरुप्रसाद मैनालीका कथाहरू’ अङ्ग्रेजीमा अनुवाद, प्रकाशप्रसाद उपाध्यायले ‘हिन्दी कहानी’ सङ्ग्रहका कथाहरूको नेपाली अनुवाद, बलबहादुर थापाले ‘नेपाली साहित्यका उत्कृष्ट कथाहरू’को अङ्ग्रेजीमा अनुवाद, मुकेशकुमार मिश्रले ‘प्रज्ञा निबन्धसङ्ग्रह’का छानिएका उत्कृष्ट निबन्धहरूको हिन्दी भाषामा अनुवाद, भउचप्रसाद यादवले ‘नारी बन्धन र मुक्ति’ पुस्तकको भोजपुरी भाषामा अनुवाद, बलराम अधिकारीले ‘नेपाली साहित्यको समालोचना’ अङ्ग्रेजीमा अनुवाद सम्पन्न गर्नुभएको छ ।

साहित्य (मातृभाषा) विभागबाट यस अवधिमा प्रा.डा. चन्द्रमान बज्राचार्यले ‘भाषानिभा प्रेमबहादुर कंसाकारको बहुआयामिक व्यक्तित्व’, गोपाल अश्कले ‘नेपालको भोजपुरी साहित्यको इतिहास’, स्नेह साय्मिले ‘नेपाल भाषाका समकालीन कविताहरू (२०४६ देखि हालसम्मका)सङ्कलन एवम् नेपाली भाषमा अनुवाद’ र चन्द्रकुमार राई हतुवालीले ‘किरात मातृभाषा साहित्यमा महिलाको स्थान’ विषयमा अध्ययन, अनुसन्धान कार्य सम्पन्न गर्नुभएको देखिन्छ

यसरी नै प्रतिसरा साय्मिले नेपाल भाषाका नारी कथाकारहरूका ३० वटा कथा नेपाली भाषामा अनुवाद गर्नुभएको पाइन्छ भने भीष्म उप्रेतीले दक्षिण एसियाका ८० वटा कविताको नेपालीमा अनुवाद र नेपाली भाषाका २० वटा प्रतिनिधि कविताहरूको सम्पादन, खगेन्द्रप्रसाद नेपालले ‘बेलायततिर बरालिँदा’ नियात्रासङ्ग्रहको अङ्ग्रेजी अनुवाद र गोपाल अश्कले प्रमुख नेपाली समालोचनाहरूको सङ्कलन र हिन्दीमा अनुवाद सम्पन्न गर्नुभएको देखिन्छ ।

साहित्य (अनुवाद) विभागबाट यस आ.व.मा ६ वटा विविध विषयका पुस्तक प्रकाशन भएका देखिन्छ । प्रा.डा. उषा ठाकुरको सम्पादन र केशव सिग्देलको अनुवादमा ‘सेड अफ कलर्स’, क्यारोल टेन्जीको पुस्तकको सुरेश हाचेकालीले गर्नुभएको नेपाली अनुवाद  ‘नेपालको धड्कन : पन्चेबाजा’, अनुराधा शर्माको अनुवाद र प्रा.डा. उषा ठाकुरको सम्पादन रहेको 'Selected Children Stories from Nepal', प्रा.डा. उषा ठाकुरको सम्पादन र डा. नवराज न्यौपानेको अनुवाद रहेको ‘Discourse on Translations’, मेघप्रसाद खरेलले अनुवाद गर्नुभएको थारू लोक रामायण ‘रामविहग्रा’ र डा. बलराम अधिकारीको ‘Nepali Literature in English Translation: History and Criticism’ पुस्तकहरू यस विभागबाट यस आ.व.मा प्रकाशन भएका छन् ।

साहित्य (गद्य/आख्यान) विभागबाट यस आ.व.मा ११ वटा विभिन्न विषयमा अध्ययन, अनुसन्धान कार्यहरू सम्पन्न भएका छन् । सम्पन्न भएका अध्ययन, अनुसन्धानका कार्यहरूमा डा. विष्णु न्यौपानेले ‘नेपाली आख्यानमा प्रयुक्त पात्रपात्रांशको अध्ययन’, डा. शान्तिमाया गिरीले ‘उत्तरवर्ती नेपाली उपन्यासमा नारीवादी चिन्तन’, कुमारी लामाले ‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’, डा. उर्मिला शर्माले ‘लीलाध्वज थापाका उपन्यासमा सामाजिकता’, प्रा.डा. दयाराम श्रेष्ठले ‘कथा दर्शन’, डा. नेत्रमणि सुवेदीले ‘नेपाली विज्ञान कथाका परम्परा र उपलब्धि’, प्रा.डा. हेमनाथ पौडेलले ‘रमेश विकलका प्रतिनिधि कथा’, प्रेमनारायण भुसालले ‘समकालीन नेपाली कथामा मनोविज्ञान’, नवराज रिजालले ‘प्रदेश २ का प्रतिनिधि नेपाली कथामा सामाजिक यथार्थको विश्लेषण’, डा. पुष्करराज भट्टले ‘नेपाली लघुकथाका प्रवृत्तिहरू’ र डा. लेखराज निरौलाले ‘नेपाली डायस्पोरिक उपन्यासका प्रवृत्ति’ विषयमा अध्ययन, अनुसन्धान सम्पन्न गर्नुभएको पाइन्छ ।

प्रकाशनतर्फ यस आ.व.मा यस विभागबाट ५ वटा पुस्तक प्रकाशित छन् । प्रा.डा. दयाराम श्रेष्ठको सम्पादनमा ‘नेपाली लघुकथा र कथाकारहरू’ र ‘कथा दर्शन’, डा. गणेश अधिकारी, सीता ओझा र तारा पाण्डेको सम्पादनमा ‘आधुनिक नेपाली नारी कथाकारहरू’, डा. विष्णु न्यौपानेको ‘नेपाली आख्यानमा प्रयुक्त पात्रपात्रांशको अध्ययन’, डा. रजनी ढकालको ‘समकालीन नेपाली कथामा वैचारिकता’ यस आ.व.मा यस विभागबाट प्रकाशन भएका देखिन्छ ।
 
साहित्य (समालोचना र निबन्ध) विभागबाट यस आ.व.मा ७ वटा विभिन्न विषयका अध्ययन, अनुसन्धान कार्यहरू सम्पन्न भएका देखिन्छ । यस विभागबाट डा. दुर्गाबहादुर घर्तीले ‘नेपाली मनोविश्लेषणात्मक समालोचनाको परम्परा र प्रवृत्ति’, ज्ञानु अधिकारीले ‘आत्मपरक निबन्धका प्रवृत्तिहरू’, प्रा. केशव सुवेदीले ‘आख्यानेत्तर गद्य विधाको सैद्धान्तिक स्वरूप’, डा. विन्दु शर्माले ‘प्रज्ञा समकालीन नेपाली महिला समालोचना’, डा. साधना पन्त ‘प्रतीक्षा’ले ‘समकालीन नारी निबन्धका प्रवृत्ति’, विष्णु ज्ञवालीले ‘माक्र्सवादी सौन्दर्य चिन्तन’ र डा. बालाकृष्ण अधिकारीले ‘समालोचनाको सैद्धान्तिक स्वरूप’ विषयमा अध्ययन, अनुसन्धान सम्पन्न गर्नुभएको पाइन्छ ।

यसरी नै साहित्य (समालोचना र निबन्ध) विभागबाट प्रा.डा. गोपीन्द्र पौडेल र डा. धनप्रसाद सुवेदीको सम्पादनमा ‘प्रज्ञा समकालीन नेपाली समालोचना’, वन्दना ढकालको सम्पादनमा ‘प्रज्ञा समकालीन नेपाली नियात्रा’ र डा. नारायणप्रसाद गड्तौलाको ‘पूर्वीय काव्यशास्त्रको प्रायोगिक पद्धति’ गरी ३ वटा पुस्तक यस आ.व.मा प्रकाशन भएका छन् ।

साहित्य (मातृभाषा) विभागबाट यस आ.व.मा ८ वटा विविध विषयमा अध्ययन, अनुसन्धान कार्यहरू सम्पन्न भएका छन् । ईन्द्रबहादुर चौधरीले ‘रानाथारू समुदायको लोककथा तथा मिथक सङ्कलन’, तिलक चाम्लिङले ‘चाम्लिङ राई भाषा साहित्यको इतिहासको खोज’, टीकाराम उदासीले ‘मगर साहित्यको अध्ययन’, चतुर्भजलाल दास केवरतले ‘केवरत जातिका लोकगीत सङ्कलन र अध्ययन’, झगिन्द्रराज ढकालले ‘हायु मातृभाषाको लोकसाहित्य’, शरद कसा:ले ‘नेवा: लोकसाहित्य’, डा. कृष्णराज सर्वहारीले ‘थारू लोकसाहित्य’ र डा. मुकुन्द शर्माले ‘नेपाल भाषाका भजनको अध्ययन’ कार्य सम्पन्न गर्नुभएको छ ।

यस विभागबाट यस आ.व.मा लक्ष्मी माली र भोगीराज चाम्लिङको सम्पादनमा ‘किराती लोकसाहित्य’ (भाग १) र मुक्तिनाथ घिमिरेको सङ्कलन एवम् सम्पादनमा ‘दुरा जातिका लोककथाहरू’ प्रकाशन भएका पाइन्छ ।

साहित्य (लोकवार्ता र बालसाहित्य) विभागबाट यस आ.व.मा विभिन्न विषयमा ९ वटा अध्ययन, अनुसन्धान सम्पन्न भएका छन् । डा. फणिन्द्रराज निरौलाले ‘सिद्धिचरण श्रेष्ठका बाल कवितात्मक प्रवृत्ति’, डा. राजेन्द्र खनालले ‘नेपाली बालउपन्यासमा सामाजिक मूल्य र बालमनोविज्ञान’, पूर्णिमा ताजपुरियाले ‘ताजपुरिया जातिको विवाह संस्कारमा गाइने लोकगीतहरूको सङ्कलन’, दिलेन्द्र मुकारुङ राईले ‘प्रदेश १ का मौलिक लोकभाकाहरूको खोज र सङ्कलन’, ५ जना लेखकद्वारा तयार ‘लोकवार्ता कोश’, डा. षडानन्द पौडेलले ‘नेपाली लोक विश्वास’, गोपीकृष्ण ढुङ्गानाले ‘नेपाली प्रतिनिधि बालगीत सङ्कलन र विश्लेषण’, डा. भरतकुमार भट्टराईले ‘नेपाली बालकथामा सामाजिकता’ र डा. रामप्रसाद ज्ञवालीले ‘नेपाली बालकाव्यमा नीतिचेतना’ विषयमा अध्ययन, अनुसन्धान सम्पन्न गर्नुभएको पाइन्छ ।

साहित्य (लोकवार्ता र बालसाहित्य) विभागबाट यस आ.व.मा डा. अलका आत्रेय चुँडालको सम्पादनमा ‘गोर्खाली युद्धबन्दीका लोकभाका र लोककथा’, प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. महादेव अवस्थीको सम्पादनमा ‘लोकरामायणका विविध पक्ष’, डा. फणीन्द्रराज निरौलाको सम्पादनमा ‘युगकवि सिद्धिचरणका बालकविता’ र डा. षडानन्द पौडेलको सङ्कलन एवम् सम्पादनमा ‘नेपाली लोकविश्वास’ गरी ४ वटा पुस्तक प्रकाशन भएका छन् ।

केन्द्रीय योजनाअन्तर्गत यस आ.व.मा प्रा.डा. तेजरत्न कंसाकार, प्रा.डा. ओमकारेश्वर श्रेष्ठ, सुरेशकिरण मानन्धर र रमेशकाजी स्थापितबाट ‘नेपाल भाषा-नेपाली-अङ्ग्रेजी शब्दकोश’ निर्माण गर्नुभएको छ भने कृसु क्षेत्रीबाट ‘उत्तर अमेरिकी  कविता’ र सन श्री टेक्नोलोजी प्रा.लि. काठमाडौंले नेपाल प्रज्ञा-प्रतिष्ठानको वेबसाइट पुनर्डिजाइन कार्य सम्पन्न भएका छन् ।
केन्द्रीय विभागबाट यस आ.व.मा विभिन्न विषयका १७ वटा पुस्तकहरू प्रकाशन भएकामा ११ वटा पुन: प्रकाशन भएका छन् भने ६ वटा नयाँ पुस्तक प्रकाशन भएका देखिन्छ ।

पुन: प्रकाशन भएका पुस्तकहरूमा गुमानसिंह चामलिङको ‘एरिस्टोटल र उनको काव्यशास्त्र ‘पेरी पोइटिक्स’, अभि सुवेदीको ‘पाश्चात्य काव्यसिद्धान्त’, गोविन्दप्रसाद भट्टराईको ‘पूर्वीय काव्यसिद्धान्त’, नयराज पन्तको ‘लिच्छवि संवत्को निर्णय’, डमरुवल्लभ पौडेलको अनुवादमा ‘शुक्रनीति’, हरिराम जोशीको ‘नेपालका प्राचीन अभिलेख’, डा. शिवप्रसाद पौड्यालको ‘नेपाली उखानको विषयात्मक अध्ययन’, मधु कर्माचार्यको ‘इन्द्रेनी’, कृष्णप्रसाद घिमिरेको ‘श्रीमद्वाल्मीकिरामायण’ (नेपाली भाषा, पद्यानुवाद), डा. कृष्णहरि बरालको ‘गीत कसरी लेख्ने ?’ (दोस्रो संस्करण), शेख मुजिबुर रहमानको लेखन, गङ्गाप्रसाद उप्रेतीको सम्पादनमा ‘ती अधुरा संस्मरणहरू’ छन् ।

यसरी नै यस आ.व.मा यस विभागबाट प्रकाशन भएका पुस्तकहरूमा प्रा.डा. हेमनाथ पौडेल, डा. देवी नेपाल र शशी लुमुम्बूको सम्पादनमा ‘राष्ट्रिय कविता महोत्सव, पुरस्कृत कविहरू (२०४७-२०७६)’, कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’, प्रा. जगत्प्रसाद उपाध्याय र विष्णु प्रभातको सम्पादनमा ‘दर्शनावली’ भाग ८, ‘मातृभाषाका कविता (अन्तर्राष्ट्रिय मातृभाषा दिवस- २०२१), भरतबन्धु थापाको ‘तस्बीरमा नेपाल’ र ‘लेखक-कलाकार कोश’ छन् ।

यस आ.व.मा पनि नियमित प्रकाशन भइरहेका १२ वटै पत्रिका प्रकाशन भएका देखिन्छ, जसमा अनुसन्धानमूलक पत्रिका ‘प्रज्ञा विज्ञसमीक्षित जर्नल’ (अर्धवार्षिक), गद्यप्रधान पत्रिका ‘समकालीन साहित्य’ (त्रैमासिक), कविताप्रधान पत्रिका ‘कविता’ (चौमासिक), बहुभाषिक पत्रिका ‘सयपत्री’ (अर्धवार्षिक), अनुसन्धानमूलक अङ्ग्रेजी पत्रिका ‘Journal of Nepalese Studies’, नेवारी भाषाको साहित्यिक पत्रिका ‘थाय्भु’ वार्षिक, मैथिली भाषाको साहित्यिक पत्रिका ‘आङन’ (वार्षिक), लिम्बू भाषाको साहित्यिक पत्रिका ‘फक्ताङ्लुङ’ (वार्षिक), भोजपुरी भाषाको साहित्यिक पत्रिका ‘महुआ’ (वार्षिक), नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा अनुवादमूलक पत्रिका ‘रूपान्तरण’ (वार्षिक), प्रज्ञा-प्रतिष्ठानको समाचारमूलक पत्रिका ‘प्रज्ञा गतिविधि’ (त्रैमासिक) र बालसाहित्यिक पत्रिका ‘बालप्रज्ञा’ (अर्धवार्षिक) छन् ।

यिनका अतिरिक्त यस आ.व.मा ‘प्रज्ञा गतिविधि’ (प्रज्ञा-प्रतिष्ठानको गतिविधिप्रधान पत्रिका), वर्ष २४, अङ्क- २, २०७७ (साउन-असोज), वर्ष २४, अङ्क- ३-४, २०७७ (कात्तिक-चैत) पनि प्रकाशन भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ प्रारम्भ भएपछि २०७७ साउनदेखि यता सम्पन्न भएका  अन्य अध्ययन, अनुसन्धान निम्नानुसार छन् ।

अध्ययन, अनुसन्धानतर्फ

यस अवधिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्ना विभागीय कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयन प्रक्रिया र समय तालिका निर्धारण गरेर देहायबमोजिमका अध्ययन/अनुसन्धानका निम्ति विज्ञहरूका अनुसन्धान प्रस्ताव स्वीकृत गरी सम्झौतासहित जिम्मेवारी प्रदान गरिएको पाइन्छ ।
भाषा (नेपाली भाषा कोश र व्याकरण) विभागबाट यस आ.व.मा डा.दुर्गाबहादुर सुवेदी (दुवुसु क्षेत्री)ले ‘प्रज्ञा कुटनैतिक शब्दकोश’ तयार पार्नुभएको छ ।

संस्कृति विभागबाट यस अवधिमा डा. भक्त राईले ‘किरातीहरूको संस्कृति र सभ्यताको केन्द्रदिन्दु खुवालुङ’, सरिता अर्यालले ‘कविरथ जातिको सांस्कृतिक अध्ययन’, प्रा.डा. सोमप्रसाद खतिवडाले ‘सनातन संस्कृति विश्वकोश’ अध्ययन, अनुसन्धानका कार्य सम्पन्न गर्नुभएको देखिन्छ ।

यसरी नै दर्शनशास्त्र विभागबाट यस आ.व.मा हरिमोहन उपाध्याय र जीवनप्रसाद उपाध्यायले ‘नेपालमा निम्बार्क दर्शन र त्यसको परम्परा’, गोपीरमण उपाध्यायले ‘माधवाचार्यद्वारा लिखित सर्वदर्शन सङ्ग्रहको नेपाली अनुवाद र व्याख्या’, डा. विज्ञान भिक्षु (विलकुमार सुवेदी)ले ‘चिनियाँ दर्शन’, प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले ‘नेपालको दार्शनिक परम्परा र दार्शनिकहरू’ विषयमा अध्ययन, अनुसन्धान सम्पन्न गर्नुभएको पाइन्छ ।

सामाजिक शास्त्र विभागबाट पनि यस अवधिमा ५ वटा अध्ययन, अनुसन्धानका कार्यहरू सम्पन्न भएका देखिन्छ । निष्णुकुमार थिङले ‘तामाङ जातिको इतिहास’, डा. नवराज कट्टेलले ‘नेपालमा संस्कृत शिक्षा (शाह र शाहोत्तरकाल)’, डा. ऋषिराम रेग्मीले ‘वैदिक यज्ञमा प्रयोग हुने स्रुक्वर्गको विष्लेषणत्मक अध्ययन’, छत्रनरसिंह शाक्यवंशले ‘पाटनको महाबुद्ध देगलको इतिहास’ र ज्ञानु अधिकारीले ‘नेपाली डायस्पोरा कथाको समाजशास्त्रीय अध्ययन’ विषयमा अध्ययन, अनुसन्धान सम्पन्न गर्नुभएको छ ।

भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट डा. नेत्रमणी दुमीराईले ‘दुमी भाषाको व्याकरण लेखन’, भोजराज गौतमले ‘कुसुण्डा भाषाको आधारभूत व्याकरण’, डा.भीमलाल गौतमले ‘काठमाडौँ उपत्यकामा भाषिक सम्पर्क’ (नेपाली, नेवारी, मैथिली, तामाङ र शेर्पा भाषा), डा.कर्णाखर खतिवडाले ‘नेपालका किराती भाषाहरूमा सार्वनामिकता’, प्रा.कृष्णप्रसाद पौड्याल ‘चितोनिया थारू व्याकरण’ प्रकाशन भएका पाइन्छ ।

साहित्य (अनुवाद) विभागबाट यस अवधिमा ओमचरण अमात्यले ‘महाकवि होमरको ओडिसी’ अङ्ग्रेजीबाट नेपालीमा अनुवाद, हरिहर खनालले ‘त्जभ इखभचअयबत बलम यतजभच क्तयचष्भक’ नेपाली भाषामा अनुवाद, रामबहादुर पहाडीले म्याकसिम गोर्कीको नाटक ‘बंगले वाले’ हिन्दीबाट नेपाली भाषामा अनुवाद, डा. मृदुला शर्माले मदनमणि दीक्षितको ‘मेरी नीलिमा’को हिन्दी भाषामा अनुवाद, नारद बज्राचार्यले नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीद्वारा रचित ‘विपात्र’ उपन्यासको नेपाली भाषामा अनुवाद, नवराज न्यौपानेले ‘२४ वटा मौलिक नेपाली भाषाका निबन्धहरूको अङ्ग्रेजी भाषामा अनुवाद’ र भीष्म उप्रेतीले ७० वटा युद्धसँग सम्बन्धित कविता नेपालीइतर भाषाबाट नेपाली भाषामा अनुवादका साथै नेपाली भाषाका ३० वटा कविता सङ्कलन तथा सम्पादन कार्य गर्नुभएको छ ।

साहित्य (पद्य/काव्य) विभागबाट यस अवधिमा ४ वटा अध्ययन, अनुसन्धानका कार्यहरू सम्पन्न भएका पाइन्छ, जसमा चन्द्रप्रसाद न्यौपानेले ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’, देवकुमारी लुइटेल ‘देवु’ले ‘दाहाल यज्ञनिधिका कविता’, सुकराज दियालीले ‘भारतीय नेपाली कविताको सङ्कलन र विश्लेषण’ र निमग्ना घिमिरेले ‘नेपाली कवितामा राष्ट्रिय स्वाधीनता’ छन् ।

साहित्य (गद्य/आख्यान) विभागबाट यस अवधिमा ६ वटा अध्ययन, अनुसन्धाका कार्यहरू सम्पन्न भएका छन् । प्रा. डा. कपिलदेव लामिछानेले ‘नेपाली कथामा कृषि विज्ञान’, डा. जीवन श्रेष्ठ र डा. अम्बिका अर्यालले ‘प्रज्ञा उपन्यास विमर्श’, डा. विन्दु शर्माले ‘आधुनिक नेपाली कथामा मिथक’, डा. लेखराज खतिवडाले ‘नेपाली कथामा पारिवारिक विघटन’, डा. राजेन्द्र खनालले ‘गणतन्त्रोत्तर नेपाली उपन्यासमा लैङ्गिक चेतना’ र डा. षडानन्द पौडेलले ‘नेपाली आख्यानमा अमूर्त संस्कृति’ विषयमा अध्ययन, अनुसन्धान कार्य सम्पन्न गर्नुभएको पाइन्छ ।

साहित्य (मातृभाषा) विभागबाट यस अवधिमा प्रा.डा. चन्द्रमान बज्राचार्यले ‘भाषानिभा प्रेमबहादुर कंसाकारको बहुआयामिक व्यक्तित्व’, गोपाल अश्कले ‘नेपालको भोजपुरी साहित्यको इतिहास’, स्नेह साय्मिले ‘नेपाल भाषाका समकालीन कविताहरू (२०४६ देखि हालसम्मका)सङ्कलन एवम् नेपाली भाषमा अनुवाद’ र चन्द्रकुमार राई हतुवालीले ‘किरात मातृभाषा साहित्यमा महिलाको स्थान’ विषयमा अध्ययन, अनुसन्धान कार्य सम्पन्न गर्नुभएको देखिन्छ ।

साहित्य (लोकवार्ता र बालसाहित्य) विभागबाट यस अवधिमा राजेन्द्रकुमार आचार्यले ‘नेपाली लोकनाटकको सङ्कलन र विश्लेषण’, डा. टङ्कप्रसाद उप्रेतीले ‘सतार जातिको लोकगीत’, वैजयन्ती मिश्र, नवराज रिजाल, भारद्वाज मिश्र, गङ्गा कर्माचार्य, डा. शालिकराम पौड्याल, जागेश्वर उपाध्याय, रामचन्द्र नेपाल, डा. दैवकीदेवी तिम्सिना र लालगोपाल सुवेदीले ‘नेपाली बालसाहित्यको इतिहास’ (सातै प्रदेश र भारती र नेपाली डायस्पोरा) र प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. महादेव अवस्थीले ‘नेपाली लोकरामायणका विविध रूप’को सम्पादन तथा अध्ययन, अनुसन्धान कार्य सम्पन्न गर्नुभएको छ ।

यस अवधिमा केन्द्रीय योजनाबाट ५ वटा अध्ययन, अनुसन्धानका कार्यहरू सम्पन्न भएका छन् । खेम रिजालले ‘पुनर्वासका भुटानी नेपाली कविता’, कृसु क्षेत्रीले ‘नेपाली डायस्पोरिक कविता’, रक्ष राईले ‘नेपाली डायस्पोरिक कविता’, घनेन्द्र ओझा र भूपराज खड्काले ‘प्रज्ञा कर्म’ र कृसु क्षेत्रीले ‘नेपाली डायस्पोरिक कथा’ विषयमा अध्ययन, अनुसन्धान कार्य सम्पन्न गर्नुभएको देखिन्छ ।

(प्रकाशोन्मुख पुस्तक 'प्रज्ञा-कर्म'बाट)

यो पनि
अनुसन्धान र प्रकाशनका कसीमा नेपाल प्रज्ञा-प्रतिष्ठानकाे आ‍‍.व‍. २०७५/०७६

२०७६ साउनदेखि २०७७ असारसम्म ८३ वटा अध्ययन, अनुसन्धान, अनुवाद र ग्रन्थलेखन