विजेपी र एनडीएको नेतामा मोदी सर्वसम्मत

विजेपी र एनडीएको नेतामा मोदी सर्वसम्मत

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०७६

भारतीय जनता पार्टीले संसदीय दलको नेता साथै गठबन्धनले एनडीएको नेताका रूपमा पूनस् नरेन्द्र मोदीलाई सर्वसम्मत चुनेको छ ।

आज २०७६ साल जेठ ११ गते मे २५ का दिन भाजपाको संसदीय दलको नेतामा मोदीको नाम प्रस्ताव भारतीय जनता पार्टीका अध्यक्ष अमीत शाहले राखे थिए । उक्त प्रस्तावको लगत्तै पूर्व अध्यक्षहरू राजनाथ सिंह,नीतिन गडकरीले प्रस्तावको समर्थन जनाएका थिए ।

 दोस्रो पटक प्रधानमन्त्री बन्ने पक्का  भएपछि मोदी केही भावुक रूपमा प्रस्तुत भएका थिए । 

यसै गरी एनडीएको नेताको प्रताव अकाली दलका नेता प्रकाश सिंह बादलले गरेका थिए । वादलको प्रस्तावलाई विहारका मुख्यमन्त्री एवं जनतादलका नेता नीतिश कुमारले समर्थन गरेका थिए । साथै समर्थनमा शिवसेनाका उद्धव ठाकरे,लोक जनशक्तिका राम विलास पासवान सहित तमिलनाडु,नागाल्याण्ड र मेघालयका मुख्यमन्त्रीले एनडीएको समेत नेताको प्रस्तावलाई समर्थन गरेका थिए ।\

 आँफु नेता चयन भएसँगै मोदीले आडवाणीको पाउ छोएर र जोशीसँग अङ्कमाल गरेर अभिवादन गरेको दृश्य निकै रोचक देखिन्थ्यो । यो सँगै ३ सय २ भाजपा र ५० एनडीएका सासंदहरुले मोदीलाई प्रधानमन्त्रीका रूपमा चयन गरेका छन् ।

 संसद् भवनको सेन्ट्रल हलमा आयोजित एक समारोहमा भाजपाका पूर्व अध्यक्षहरू लालकृष्ण आडवाणी र डा।मुरली मनोहर जोशीको समेत उपस्थिति रहेका थियो । यी दुवै नेताहरूलाई उमेर हदका कारण लोकसभा निर्वाचनमा उम्मेदवार बनाइएको थिएन । सेन्ट्रल हलमा अपरान्ह आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आँफुमाथि गरेको विश्वासमा आाफु खरो उत्रने बताउँदै अब फेरी एउटा नयाँ यात्राको सुरुवात भएको बताए ।