बासु 'मार्मिक' | साहित्य | असार ३२, २०७९
म
म जाँदा
कालो टोपी दौरा सुरुवाल
कालो कोट
कालो जुत्ता
टकटक आवाज
झुकेको सयौँ शिर
हर्ष विभोर र आनन्दले
फेरिएको मुहार
फर्कदा
लाजले निहुरिएर
घोप्टिएको मेरो तराजु
समतल
समतल फाँट फाँट नै चिरा प–यो
हात कमाउँदै
लाजले सिर झुकाउँदै
पुण्य भयो कि पाप
भगवान गीताको किताब छोएर
कसम खाएको
बाजी पल्टाउन
अनि उल्टाउन
सक्ने त्यही त
म
भगवान
दिनलाई रात बनाउने
रातलाई दिन बनाउने
खै त
न न्याय न निसाफ
कालो टोपीभित्र लुकाएर
गुँजमुट–याउदै
भाग्दै–भाग्दै गरेको
भोक प्यासले चिच्याँउदा पनि
नथाकेको
नहारेको
अथाह नैराश्यता
गुँडुल्किएर
हार खाँदै नखाएको
लाज पचाउन नसकेर
कालो टोपीले अनुहार छोप्दै छोप्दै
भागेको
म
मेरो कालो टोपी ।