लोकसंवाद संवाददाता | समाचार | जेठ १२, २०७६
रोल्पा । रुपन्देही तिलोत्तमा–२ कि सरिता खत्रीले कक्षा ६ मा पढ्ने छोरालाई यसपटक सामुदायिक विद्यालयमा भर्ना गर्न निकै जोडबल गरिन्। तिलोत्तमाकै बोर्डिङ स्कुलमा अध्ययन गर्ने उनका छोरा सुजनले बुटवलको कालिका उच्च माविमा भर्नाका लागि आवेदन दिए। प्रवेश परीक्षा पास गरे पनि उनले भर्ना पाएनन। सिट संख्याभन्दा दोब्बरले प्रवेश परीक्षा दिएपछि विद्यालयले उच्च अंकका आधारमा भर्ना लियो। सुजन एक अंकले पछि परे।
केही वर्षअघिसम्म बुटवल र भैरहवाका बोर्डिङ स्कुलले भर्ना नलिएका विद्यार्थी मात्र सामुदायिकमा जान्थे। तर अचेल उत्कृष्ट भनिने निजी स्कुलका विद्यार्थीले समेत सामुदायिक विद्यालयमा भर्ना पाउन मुस्किल छ। सामुदायिक पनि उत्कृष्ट भनिएका बोर्डिङसँग प्रतिस्पर्धामा खरो उत्रन सक्छन् भन्ने उदाहरण बनेका छन् रुपन्देहीका केही विद्यालय। तिनै उदाहरणमध्येको एक हो– बुटवलको सामुदायिक कालिका उच्च मावि। चालु शैक्षिक सत्रमा विद्यालयले कक्षा १ देखि ८ सम्म ६ सय ६८ विद्यार्थी भर्नाका लागि आवेदन मागेको थियो। करिब तीन हजारको आवेदन प¥यो। चाप बढेपछि भर्नाका लागि जनप्रतिनिधि, कर्मचारी र नेताको दबाबसमेत आयोे। आजको नागरिक दैनिकमा खबर छ ।