लोकसंवाद संवाददाता | विदेश | साउन ०३, २०७९
नयाँ दिल्ली ।अरुणाचल प्रदेशको दुर्गम कुरुङ कुमे जिल्लामा सीमा सडक निर्माण स्थलबाट दुई साताअघि बेपत्ता १९ मजदुर अझै फेला नपरेको भारतले जनाएको छ । सडक निर्माणमा खटिएका मजदुर दुई सातादेखि वेपत्ता भएका हुन् । चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै पर्ने उक्त क्षेत्र राज्यको राजधानी इटानगरबाट ३ सय किलोमिटर टाढा पर्छ ।
कुमे नदीमा एक मजदुरको शव फेला परेको अपुष्ट विवरण सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसबारे सत्यता प्रमाणित गर्न टोलीहरू पठाइएको अधिकारीहरूले जनाएका छन् ।
ठेकेदारले दिएको उजुरीअनुसार आसामबाट गएका ती मजदुर जुलाई ५ मा दामिन सर्कलको सीमा सडक संगठन (बीआरओ) को सडक निर्माण स्थलमा रहेको श्रम शिविरबाट बेपत्ता छन् ।