मन मिल्यो, जमिन मिल्यो

मन मिल्यो, जमिन मिल्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १२, २०७६

लेखनाथ । खेतमा ट्याक्टर लैजान नसकिने, गोरुले जोत्दा लागत बढी पर्ने । धान र पराल ढुवानीमा पनि समस्या । तीन रोपनी ४ आना खेतमा जम्मा ८ मुरी धान फलाउँथे, कास्की, माछापुच्छ्रे गाउँपालिका घाचोकका किसान मोतीलाल पोखरेल ।

लागतबमोजिम मुनाफा नभएपछि ३ महिनाअघि घाचोकका किसान भेला भए । छलफलका क्रममा सबैको खेत मिसाएर चक्लाबन्दी गर्दै सामूहिक खेती गर्ने प्रस्ताव आयो । २२ कृषक सहमत भए ।

‘पहिला के–कसरी गर्ने भन्ने धेरै छलफल भयो, मन माझामाझ भयो,’ पोखरेलले भने, ‘छलफल हुँदै गएपछि मन मिल्यो । मन मिलेपछि जमिन पनि मिल्यो ।’ तिनै कृषक समेटिएर गाउँमा भूमे सिर्जनशील कृषक समूह गठन भयो । समूहका अध्यक्ष उनै मोतीलाल पोखरेल बने । आजको कान्तिपुर दैनिकमा खबर छ ।