युवकको पेटमा ९ वटा चम्चा, २ वटा टुथ ब्रस, र २ वटा स्क्रु ड्राइभर भेटिएपछि

युवकको पेटमा ९ वटा चम्चा, २ वटा टुथ ब्रस, र २ वटा स्क्रु ड्राइभर भेटिएपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १२, २०७६

काठमाडौं, एजेन्सी । सामान्य मान्छेको पेटमा के भेटिएला ? केही नपचेका खानेकुरा र अन्य केही तरल पदार्थ । तर भारतको हिमांचल राज्यको मंडीमा ३५ वर्षीय एक युवकको पेटबाट डाक्टरहरुले सर्जरी गरेर ९ वटा चम्चा, २ वटा टुथ ब्रस, र २ वटा स्क्रु ड्राइभर निकाले । एसएलबीएस मेडिकल कलेजका डाक्टरहरुले यो सर्जरी गरेका हुन् । 

अस्पतालका अनुसार अपरेशन गर्न डेढ घण्टा समय लागेको थियो । अपरेशन पछि बिरामी पूर्ण स्वस्थ अवस्थामा छन् । 

एसएलबीएस मेडिकल कलेजका डा. रणेश चौहानका अनुसार अस्पताल ल्याउँदा बिरामीको पेटबाट आधा चक्कु बाहिर निस्किएको थियो र बिरामीको अवस्था एकदमै खराब थियो । तर अपरेशन पछि भने बिरामी स्वस्थ रहेको तथा स्वास्थ्य अवस्थामा निकै सुधार भएको छ ।