६०० किमि दौडने रेल

६०० किमि दौडने रेल

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १२, २०७६

काठमाडौं, एजेन्सी । हाल संसारमा प्रचलनमा रहेको ३००–४०० किमि प्रतिघण्टाको गति रहेको बुलेट ट्रेनका बारेमा त सबैले सुनेकै हो । तर चीनले ६०० किमि प्रतिघण्टा कुद्ने मैगनेटिक लेविएशन (मैग्लेव) ट्रेनको प्रोटोटाइप तयार गरेको छ । लोकोमोटिव कंपनी सीआरसीसी सिफांग कर्पले यसको डिजाइन तयार गरेको हो । कंपनीका अनुसार यो देशको सबैभन्दा छिटो कुद्ने मैग्लेव ट्रेन हुनेछ । 

चीफ इंजीनियर डिंग सेंसनका अनुसार यो डिजाइन तयार गर्नका लागि ३ वर्षको समय लागेको हाे । यो हवाई यात्राको अर्को विकल्प हुन सक्नेछ । अहिले भैरहेको व्यवसायीक हवाइजहाजको गति ९०० किमी प्रतिघंटा हो । 

डिंगका अनुसार सन् २०२१ मा यो मैग्लेव ट्रेनको परीक्षण संचालन हुनेछ । यस मैग्लेव ट्रेनमा अल्ट्रा लाइटवेट बडीको साथमा हाई स्ट्रेन्थ मेटेरियल प्रयोग गर्ने चुनौती थियो । तर यसमा सफलता प्राप्त भएको छ । यो ट्रेनमा सस्पेंशन गाइडेंस, कंट्रोल तथा हाई पावर्ड ट्रेक्शनमा सुधार गरिएको छ । 

तिव्र गतिका कारण यो ट्रेन जमीनभन्दा १० सेमी माथि उठ्छ यसलाई मैग्नेटिक लेविएशन तथा मैग्नेटिक सस्पेंशनका नामले पनि जानिन्छ । 

कंपनीका चेयरमैन जु किंग्चका अनुसार मैगनेटिक फोर्सका कारण उकालो तथा पहाडी इलाकामा थप शक्ति दिन सकिन्छ भने परंपरागत बुलेट ट्रेनको दाँजोमा मैग्लेव ट्रेनमा आवाज, कम्पन तथा मर्मत खर्च पनि कम हुनेछ भने यात्रु क्षमता  अधिक हुनेछ ।